logo
  • ६ चैत्र २०८१, बुधबार | Wed, 19 Mar 2025

ललितपुरलाई हराउँदै कर्णालीले जित्यो महिला भलिबल लिगको उपाधि

  • khojnepal khojnepal
  • १९ आश्विन २०८१ शनिबार
ललितपुरलाई हराउँदै कर्णालीले जित्यो महिला भलिबल लिगको उपाधि

काठमाडौं । ललितपुर क्विन्सलाई हराउँदै कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको फाइनलमा ललितपुरलाई ३-२ को सेटले हराउँदै कर्णालीले उपाधि जितेको हो ।

 

ललितपुरले पहिलो सेट १७-२५ र दोस्रो सेट २०-२५ ले गुमाएको थियो । तर उ अप्रत्यासित रुपमा खेलमा फर्कियो । तेस्रो र चौथो सेटमा जित्न सफल भएको हो । उसले तेस्रो सेट २५-१२ र चौथो सेट २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।

 

पाँचौ सेट प्रतिस्पर्धात्मक रह्यो । अन्ततः कर्णालीले १५-१३ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । कर्णाली अपराजित रहँदै उपाधि उचाल्न सफल भएको छ ।



khojnepal khojnepal    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP