logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

हैटीमा गोली हानाहान हुँदा ७० को मृत्यु

  • khojnepal khojnepal
  • १९ आश्विन २०८१ शनिबार
हैटीमा गोली हानाहान हुँदा ७० को मृत्यु

काठमाडौं । हैटीमा भएको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु गएको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा गिरोहबाट भएको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र केही घर तथा गाडीमा आगलागी भएको उल्लेख गरेको छ ।

 

संयुक्त राष्ट्र सङ्घ मानव अधिकार विभागका प्रवक्ता थामिन अल-खितानले यो घटनाले थप त्रास बढाएको बताएकाे समाचार संस्था एएफपीले जनाएको छ । गिरोहले राजधानी पोर्ट-ओ-प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली प्रायः ध्वस्त अवस्थामा छ । त्यहाँ गिरोह र सुरक्षाकर्मीबीच झडपका घटना हुँदै आएका छन् ।

 

हालै संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हैटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा धेरै मानिस मारिएका जनाएको थियो ।



khojnepal khojnepal    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP