logo
  • १७ आश्विन २०८१, बिहीबार | Thu, 03 Oct 2024
  • ‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतको आदेश

    • khojnepal khojnepal
    • १६ आश्विन २०८१ बुधबार
    ‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतको आदेश

    काठमाडौं । सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’ बाट परिचित बुढानीलकण्ठका आशिष देउलालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

     

    बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

     

    उदयपुर त्रियुगा नगरपालिका-१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका-३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका-२९ का २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउन आदेश दिएको हो ।

     

    देउलासँगै प्रहरीले १८ भदौमा चारजनालाई पक्राउ गरेको थियो । तिमध्ये देउला र अर्का एकजनालाई मात्रै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा म्याद थप गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

     

    उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २ को बमोजिम अपहरण गरी शरीर बन्धक गरेको कसुर र दफा १८३ को ज्यान मार्ने उद्योगको कसुरमा कारबाही हुने माग गरिएको थियो ।



    khojnepal khojnepal    
  • १६ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP