logo
  • १७ आश्विन २०८१, बिहीबार | Thu, 03 Oct 2024
  • च्याम्पियन्स लिग : बार्सिलोना र आर्सनलको पहिलो जीत, पीएसजी पराजित

    • khojnepal khojnepal
    • १६ आश्विन २०८१ बुधबार
    च्याम्पियन्स लिग : बार्सिलोना र आर्सनलको पहिलो जीत, पीएसजी पराजित

    काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले सानदार जीत हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले स्विस क्लब योङ ब्वाइजलाई ५-० गोलले पराजित गरेको हो । जारी लिगमा यो बार्सिलोनाको पहिलो जीत हो ।

     

    खेलमा रोवर्ट लेवन्डोस्कीले दुई तथा राफिना र मार्टिनेजले समान १-१ गोल गरे भने एक गोल बार्साले उपहारस्वरूप पाएको थियो ।

     

    खेलमा लेवन्डोस्किले ८औँ मिनेटमा टिमलाई शुरूआती अग्रता दिलाएका थिए । त्यसपछि राफिनाले ३४ र मार्टिनेजले ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

     

    दोस्रो हाफको ५१ औँ मिनेटमा लेवन्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को अग्रतामा लगे । बार्साले खेलको ८० औँ मिनेटमा योङ ब्वाईजको तर्फबाट एक गोल उपहार पाएपछि खेल ५-० ले जित्यो ।

     

    यसैगरी, आर्सनलले पनि च्याम्पियन लिगमा पहिलो जीत निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मेन ९पीएसजी०लाई २-० ले पराजित गरेको हो । पहिलो जीतसँगै आर्सनल आठौं स्थानमा उक्लिएको छ ।

     

    लिआन्ड्रो ट्रोसार्डको क्रसमा काई हावर्ट्जले गोल गर्दै २०औँ मिनेटमै आर्सनललाई शुरूआती अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको जीत पक्का गराए । दुई खेलबाट आर्सनलको चार अंक छ। समान खेल खेलेको पीएसजी भने तीन अंकसहित १८औँ स्थानमा छ।

     

    लिगकै अर्को खेलमा बोरुसिया डर्टमन्डले सेल्टिकमाथि सहज जीत हासिल गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा डर्टमन्डले सेल्टिकलाई ७-१ ले पराजित गरेको हो । जितसँगै शीर्ष स्थानको डर्टमन्डले दुई खेलबाटट ६ अंक जोडेको छ। सेल्टिक भने समान खेलबाट तीन अंकसहित १९औं स्थानमा छ।



    khojnepal khojnepal    
  • १६ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP