logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

समोसामा कीरा भेटिएपछि होटेललाई २० हजार जरिवाना

  • khojnepal khojnepal
  • १६ आश्विन २०८१ बुधबार
समोसामा कीरा भेटिएपछि होटेललाई २० हजार जरिवाना

काठमाडौं । ग्राहकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै लहानको माखन भोग होटेललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

 

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा होटेलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो ।

 

उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

 

अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेला परेको छ भने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ ।



khojnepal khojnepal    
  • १६ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP