logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

ग्लोबल आईएमई बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट

  • khojnepal khojnepal
  • १५ आश्विन २०८१ मंगलवार
ग्लोबल आईएमई बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।

उक्त छुटसम्बन्धी समझदारीमा बैंकका नायब महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

 

समझदारीअनुसार बैंकको डेबिट, क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ्ग एप्लीकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् ।

 

बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यले बुद्ध एयरको काउण्टरबाट यो छुट लिन सक्ने बैंकले जनाएको छ ।



khojnepal khojnepal    
  • १५ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP