काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक ५ बजे बस्ने भनिएपनि अबको केहीबेरमामात्र सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे ।
यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।
प्रतिक्रिया