logo
  • १७ आश्विन २०८१, बिहीबार | Thu, 03 Oct 2024
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

    • khojnepal khojnepal
    • १४ आश्विन २०८१ सोमबार
    मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

     

    प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको बताइएको छ । प्रसाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् ।

     

    प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन् । दुबईबाट प्रसाईले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए ।

     

    याे दाबीलाई स्वतन्त्र पार्टीमा आबद्ध ती महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताइन् । त्यसपछि प्रसाईले उनको विरुद्ध देश दुनियाँ खबरमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन ।’

     

    आफुविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिलाले ब्युरोमा जाहेरी दिएकी हुन् । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।



    khojnepal khojnepal    
  • १४ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP