logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

अभिषेक बच्चन र ऐश्वर्या राय बीचको सम्बन्ध विच्छेदको हल्ला यस्तो

  • khojnepal khojnepal
  • १० भाद्र २०८१ सोमबार
अभिषेक बच्चन र ऐश्वर्या राय बीचको सम्बन्ध विच्छेदको हल्ला यस्तो

नयाँ दिल्ली । केही महिनायता बलिउड कपल अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेद भएको अफवाह चर्किएको छ । दिनँहुजसो यो जोडीबारे केही न केही खबर आइरहेको हुन्छ । यसैबिच अभिषेकले आफ्नो सम्बन्ध विच्छेदबारे मौनता तोडेका छन् । बलिउड युके मिडियासँगको अन्तरवार्तामा उनले आफूले लगाइरहेको बिहेको औँठी देखाउँदै आफू अझै विवाहित रहेको बताएका थिए ।

अभिषेक बच्चनले भने, ‘यी सबै (सम्बन्ध विच्छेद) बारे मलाई भन्नु केही छैन । दुःखको कुरा सबै कुरा नियन्त्रण बाहिर छ । मलाई थाहा छ मानिसहरू किन यसो गरिरहेका छन् । मानिसहरूले कथा चाहिएको छ । ठिकै छ । हामी सेलिब्रेटी हौं, हामी यस्तो कुरा बुझ्छौँ ।’ हालै आफूले सम्बन्ध विच्छेद गरेको भन्दै अभिषेकको डीपफेक भिडियो भाइरल भएपछि अभिषेकको यो अन्तरवार्ता आएको हो ।

मुकेश अम्बानीको छोराको बिहेमा अभिषेक मातापिता र बहिनीसँग अनि ऐश्वर्या छोरी आराध्यासँग एक्लै आइपुगेपछि यी अफवाह चर्किएका थिए । यसपछि अभिषेक बच्चनले डिभोर्स सम्बन्धी एउटा पोस्टमा लाइक गर्नु आगोमा घ्यूको काम भयो । यसपछि अभिषेक बच्चनको एउटा भिडियो चाँडै भाइरल भयो । यसमा अभिनेताले पत्नी ऐश्वर्यासँग सम्बन्ध विच्छेद भएको बताएका थिए । तर भिडियो सक्कली थिएन । डिपफेकबाट बनाइएको थियो ।



khojnepal khojnepal    
  • १० भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP