logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

‘केटी हराएको सूचना’को ‘सपनीमा’ गीतमा सृष्टि र नाजिरको अभिनय

  • khojnepal khojnepal
  • २२ कार्तिक २०८१ बिहीबार
‘केटी हराएको सूचना’को ‘सपनीमा’ गीतमा सृष्टि र नाजिरको अभिनय

काठमाडौँ । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङ: केटी हराएको सूचना’को गीत ‘सपनीमा’को बुधबार ललितपुरको चापागाउँ आसपास छायाङ्कन भएको छ ।

 

गीतमा फिल्मका प्रमुख कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठले अभिनय गरेका छन् । नाजिर र सृष्टिको रोमान्टिक अवतार गीतमा उतारिएको हो ।

 

गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर, करुण थापाको शब्द र संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । गीतको बिहीबार पनि छायाङ्कन हुनेछ ।

 

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।

 

फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।



khojnepal khojnepal    
  • २२ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP