logo
  • ६ चैत्र २०८१, बुधबार | Wed, 19 Mar 2025

जोशी र सुनारको स्वरमा ‘आँसुभेल’

  • khojnepal khojnepal
  • २२ आश्विन २०८१ मंगलवार
जोशी र सुनारको स्वरमा ‘आँसुभेल’

काठमाडौँ । चर्चित गायीका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा सर्जक पुष्पजङ्ग कुँवरले ‘आसुँको भेल’ देउडा गीत बजारमा ल्याएका छन् ।

 

वैदेशिक रोजगारीको पीडामा आधारित गीत श्रव्यदृश्यसहित आज ‘पुष्प जङ्ग कुवँर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको सर्जक कुवँरले जानकारी दिए । महेन्द्र विकको शब्द तथा कृष्ण बाजुरलीको लय तथा सङ्गीत रहेको छ ।

 

यस्तै श्रव्यदृश्यमा सर्जक कुवँर र निरु बिष्टको मोडलिङ तथा दिनेश ठकुल्लाको निर्देशन रहेको छ । गीत मुख्य गरी वैदेशीक रोजगारीका क्रममा विदेशीयको श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पीरव्यथा समेटिएको छ ।



khojnepal khojnepal    
  • २२ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP