logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिको विमान किन गर्याे कब्जा ?

  • khojnepal khojnepal
  • १८ भाद्र २०८१ मंगलवार
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिको विमान किन गर्याे कब्जा  ?

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मडुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो ।

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बीबीसीले उल्लेख गरेको छ ।

सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारबाही गर्न स्वतन्त्र रहेको बताएको छ ।



khojnepal khojnepal    
  • १८ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP