logo
  • ७ माघ २०८१, सोमबार | Mon, 20 Jan 2025

४४ अंकले बढ्याे नेप्से, तीन अर्ब ७१ करोडकाे काराेबार

  • khojnepal khojnepal
  • १४ आश्विन २०८१ सोमबार
४४ अंकले बढ्याे नेप्से, तीन अर्ब ७१ करोडकाे काराेबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयरबजार परिसूचक नेप्से ४४.४५ अंकले बढेको छ । आज नेप्से ४४.४५ अंकले बढेर दुई हजार ५०८.८६ बिन्दुमा रोकिएको हो ।

 

आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ५० हजार ६८० पटक खरिद-बिक्री हुँदा तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे छ ।

 

म्युचुअल फन्ड शून्य.६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह ४.१९ र उत्पादन तथा प्रशोधन समूह ३.८३ प्रतिशतले बढेको छ । बैंकिङ १.१८, विकास बैंक १.९३, होटेल तथा पर्यटन ३.२८, जलविद्युत् १.२२, जीवन बिमा १.७८ र लघुवित्त एक.८५ प्रतिशतले बढेको छ ।

 

त्यस्तै, निर्जीवन बिमा शून्य.७१, व्यापार १.५२ र अन्य समूह २.३७ प्रतिशतले बढेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्म सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य ९.३६ प्रतिशत छ ।



khojnepal khojnepal    
  • १४ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP