प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा शनिबार भएको भेटवार्तामा सत्तारुढ दलभित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेताबीच छलफल भएको छ। सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाड्ने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शीर्ष नेताकाबीचमा भेटवार्ता भएको हो। रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको विवाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउनेरनबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन्। यद्धपि, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताका बीचमा गम्भीर छलफल भएको बुझिएको छ।
Author: khojnepalmedia@gmail.com
काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिनुभएको छ । शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउनुभएको हो । चिवतनमै रहनुभएका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताउनुभएको…
हिमालयन बैंकले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंज स्थित कान्ति बाल अस्पतालमा माघ ४ गते, बुधबार देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो । उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् । बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएम र ६००० भन्दा बढी पिओउस टर्मिनल्सबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।
ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम अघि बढेको छ । यही माघ १ देखि ८ गतेसम्म सञ्चालन भइरहेको श्रीमदभागवत सप्ताहा ज्ञानमहायज्ञ उद्घाटनका क्रममा आइतबार ललितपुर जिल्ला प्रतिनिधि तथा प्रदेश सभाका सांसदका साथै सो नगरपालिकाका प्रमुखले व्यक्तिगत रुपमा चन्दा प्रदान गरी उक्त कामको थालनी गर्नुभएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद उद्य शमशेर राणाले देवीको नित्य पूजा गर्न अतिनै जरुरी रहेको भनाइ राख्दै यसलाई संरक्षण गर्दै अघि बढिने वचनवद्धताका साथ अक्षयकोष स्थापनाका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु २५ हजार सहयोग प्रदान गर्नुभएको…
सुभानु आचार्य ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवी मन्दिरमा श्रीमदभागवत सप्ताहा ज्ञानमहायज्ञ लगाइने भएको छ । सो मन्दिरको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि उक्त काम अघि बढाउन लागिएको हो । आउँदो माघ १ देखि ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने भएको श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचायले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको नाममा रहेको जग्गा हराएपछि यहाँ नित्य पूजा हुन सकेको छैन । ३० वर्षअघि मन्दिरमा नित्य पूजा आदि हुन्थ्यो ।” मन्दिरको दैनिक पूजा चलाउन सामग्री समेत जुटाउन नसक्ने भएपछि सो काम रोकीदै आइरहेको कर्माचार्यले जानकारी गराउनुभयो । सात…
नेपाली आधुनिक गीत/सङीतको माहशागरमा एउटा अर्को ” सानै छ बोलको …” प्रेम गीत गरिमा फिल्मस युटुबबाट आज सार्बजनिक भएको छ। जुन गीतको शब्द लेखन गोबिन्द भट्रराईको रहेको छ भने चर्चित सङीतकार बाबुल गीरीले सङीत गर्नु भएको छ। । उक्त गीतलाई कर्ण प्रिय स्वोरका धनी पुजा देवकोटा/सुप्रीम मल्ल ठकुरिले स्वोरान्कन गर्नु भएको छ। यस गीतको म्युजिक भिडियोमा गरिमा भट्ट/शुभम आचार्यको मुख्य भुमिका रहेको र तीन दर्जन भन्दा धेरै बाल्बालिकहरुले सहयोगी भुमिका निभाउनु भएको छ। यस गीतको निर्देशन भने देवेन्द्र पाण्डेले गर्नु भएको छ। यस गीतलाई धादिङ्ग बेसिको सुन्दर र रमणीय स्थानहरुमा निर्माण गरिएको थियोे । https://www.youtube.com/watch?v=0g74WzA8E5g
गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा मिस पबि र सागर ढकालको प्रेम बारे चर्चा पनि चल्यो उक्त कुरालाई मिस पबीले खण्डन गर्दै केहि नभएको प्रस्ट पारिन । साथै काली भनेर आएका कुराहरुलाई मिस पबिले नकारिन । भनिन त्यो त हेर्ने मान्छेको कुरामा भर पर्ने कुरा हो, म तेस्तो काली पनि छैन मेकअपले गर्दा काली देखिएको हो उनले भनिन । हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा…
स्पेनिस आउटलेट ओके डायरियोका अनुसार किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई क्लबमा बस्नका लागि पूरा गर्नुपर्ने तीनवटा प्रमुख सर्तहरू राखेका छन्। किलियन एमबाप्पे वर्तमान सिजन अगावै नि:शुल्क ट्रान्सफरमा रियल म्याड्रिडमा प्रस्थान गर्ने अपेक्षा गरिएको थियो। यद्यपि, घटनाहरूको अचानक मोडले उनले पीएसजीसँग नयाँ सम्झौतामा हस्ताक्षर गरे। फ्रान्सको अन्तर्राष्ट्रिय खेलाडी अब लेस पेरिसियन्ससँग २०२४-२५ सिजनको अन्त्यसम्म अनुबन्धित छन्। यद्यपि, उनी पार्क डेस प्रिन्सेसमा आफ्नो अवस्थाबाट खुसी नभएको विभिन्न रिपोर्ट आएका छन्। एमबाप्पेले कथित रूपमा लिग १ दिग्गजहरूले धोका दिएको महसुस गरे किनभने उनीहरूले आफ्नो सम्झौता नवीकरणको समयमा आफूलाई गरेका वाचाहरू पूरा गर्न सकेनन्। त्यसैले उनले अर्को वर्ष क्लब छाड्ने धम्की दिएको…
काठमाडौं । काठमाडौँ महानगरले थापाथलीस्थित वाग्मती किनारको सुकुम्वासी बस्ती हटाउन खोजेको भन्दै सो क्षेत्रमा बसोबार गर्ने नागरिकले विरोध गरेका छन् । बस्ती हटाउनका लागि आज दिउँसो काठमाडौँ महानगरको नगर प्रहरी र डोजर पुगेको थियो । महानगर प्रहरी र सुकुम्वासीबीच मुठभेड हुँदा साढे चार घण्टासम्म थापाथली परिसर असान्त बन्न पुगेको थियो । बस्ती हटाउने सूचना पाएपछि सुकुम्वासी बासिन्दा विरोधमा उत्रिएका थिए । उनीहरूले महानगर प्रमुख बालेन साह विरुद्ध नारा लगाएका थिए । बस्ती परिसरका सडकमा टाएर बाल्दै उनीहरू ढुङ्गामुढामा उत्रिएका थिए । “यसरी जबरजस्ती उठिबास लगाउन खोज्ने ? हामी सधैँ डोजर आतङ्कमा बस्न चाहादैनौँ । हाम्रो रहर हैन । विकल्पसहित महानगर…