बैशाख १३, सोमबार, ललितपुर।प्रत्येक बर्ष ललितपुर पाटनमा मनाइने सबैभन्दा लामो रथ जात्रा रातो मच्छिन्द्रनाथको जात्रा जाउलाखेल सम्म तान्ने साइट जुरेको ४ दिन अघि रातो मच्छिन्द्रनाथको फुल र प्रसाद कीर्तिपुरस्थित प्यंगःथांमा बस्ने मछिन्द्रनाथको प्रेमिका याकःमिसालाई चढाउने परम्परा रहि आएको छ।करिब १६०० बर्ष देखि उक्त परम्परा चलि आएको छ।
किर्तिपुर प्यंगःथांमा स्थानीय गःछेँ सुखी समाजले रातो मछिन्द्रनाथकै प्रतिमूर्ति र याकःमिसाको मूर्ति मंसिर १५ गते २०७९ मा स्थापना गरे पश्चात विवाद हुँदै आएको थियो।
ललितपुर बुंगमतिका ह्यागृब भैरबनाथ तथा ३२ पानेजु संघले बिरोध जनाउदै आएका थिए।रातो मच्छिन्द्रनाथको मूर्ति हजारौं बर्ष देखि नभएको भन्दै पानेजु संघले प्रत्येक बर्ष थति टोल देखि नाङ्गो खुट्टाले हिँडेर याकःमिसालाई प्रसाद ग्रहण गराउने जीवित परम्परा, प्रसाद नलैजाने निर्णय गरेका थिए।संघले पुस २ गते रातो मछिन्द्रनाथकै प्रतिमूर्ति र याकःमिसाको मूर्ति रहुन्जेल प्रसाद ग्रहण गर्ने कार्य बन्द गर्ने निर्णय १२ वैशाखमा गरेका थिए।


विवाद निकास खोज्न बिभिन्न स्थानिय लगायत संघ-संस्था र कीर्तिपुर नगरपालिका धेरै पल्ट छ्लफल गर्दै आएका थिए।रातो मछिन्द्रनाथको प्रतिमूर्ति स्थापनाको विवादका कारण अन्यौल भैराखेको प्रतिमूर्ति र मूर्ति आइतबार कीर्तिपुर नगरपालिका, स्थानिय, नेपाल प्रहरी र नगर प्रहरीको उपस्थितिमा हटाएको छ। मूर्ति हाल कीर्तिपुर नगरपालिकामा राखेको कुरा कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मिले बताउनुभयो।र साथै पानेजु संघ लाई पुनः प्रसाद ग्रहण गराउने संस्कृति निरन्तर गराउने बारे बिश्वस्त बनाउने कुरा ब्यक्त गर्नुभयो।
