रातो मच्छिन्द्रनाथको रथयात्रा आज बाट पुल्चोक देखि रथ तानेर जात्रा शुरु हुनेछ।नेपालकै सबैभन्दा लामो जात्रा लिच्छवीकालदेखि निरन्त मनाइदै आइएको जात्रा प्रत्येक बर्ष अक्षय तृतीया को भोलि पल्ट ललितपुरको पुल्चोक देखि धिमे बाजा लगायत नेवारि बाजा सहित रथ यात्रा शुरु गरिन्छ।

रातो मच्छिन्द्रनाथ अर्थात बुगः ध बर्षा र सहकाल देवताको रुपमा परिचित छ्न्।किमदन्त अनुसार १० औं शताब्दि लिच्छबिकालमा रातो मच्छिन्द्रनाथ जात्रा शुरु भएको मानिन्छ।लामो समय सम्म उपत्यका बर्षा नभइ अनिकाल फैलिएको थियो।गुरु गोरक्षनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए पश्चात रातो मच्छिन्द्रनाथ उपत्यका ल्याएको मानिन्छ।ऐतिहासिक भनाइअनुसार ई.स. ६५९ मा राजा नरेन्द्र देव, बन्धुदत्त आचार्य र रथचक्र -ललित ज्यापु)ले धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ भारतको आसाम बाट उपत्यकामा भित्र्याएको कठन रहिआएको छ।


मच्छिन्द्रनाथ लाई अन्नका देवता, लोकेश्वोर आदि धेरै नामले पनि चिनिने गर्दछ।देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।रातो मच्छिन्द्रनाथ लाई हिन्दु धर्मावलिहरु करुणामयको रुपमा र बौद्ध धर्मावलिहरुले पध्मापनिको रुपमा पुजिने गरेका छ्न्।रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो।
जात्रा प्रत्येक बर्ष ललितपुरको पुल्चोक देखि रथ यात्रा शुरु गरिन्छ।रथ पुल्चोक देखिन तानेर पाटन को गाहाबाहालमा ल्याइन्छ।
एक दिन पश्चात रथलाई तानेर पाटन सुन्धारा लगिन्छ । सुन्धारा ल्याइएपछि रथलाई महाबुद्ध र चकुबहाल हुँदै लगनखेल लगिन्छ । लगनखेलबाट रथ तानेको दिन बलि चढाइन्छ तर मच्छिन्द्रनाथले बलि स्वीकार नगरेकाले भैरवलाई रथमा चढाइन्छ । लगनखेलबाट रथ लिएर जाँदा दुलामाजुलाई दुईपटक घुमाइन्छ ।लगनखेलबाट रथ पोडेटोल लगिन्छ । भोलिपल्ट साँझ रथ पोडेटोलमा पु~याउँदा रथको माथिबाट नरिवल खसाल्ने चलन छ । रथबाट खसेको नरिवल समात्ने मानिसलाई पुत्र हुने जनविश्वास रहेको छ । नरिवल खसाल्ने दिनलाई तीर्थयात्राको सफलताको लागि कृतज्ञता व्यक्त गर्ने दिन पनि मानिन्छ। भोलिपल्ट बिहान अविवाहित महिलाहरूले रथ तानेर पोडेटोलको चार कुनामा लैजाने गर्दछ।त्यहाँबाट रथ जावलाखेल लैजाने गरिन्छ। जावलाखेलमा रथ ल्याएको तीन दिनपछि भोटो देखाएर जात्रा टुंगिन्छ । सात गाउँका बासिन्दाले अघिल्लो दिन पूजा गर्ने चलन छ र अन्तिम दिन बिहान आजिमाको पूजा गर्ने चलन रहेको छ ।
