हैन ए! काका कति हाम्रा महान् कमरेडलाई कुलिन् कमरेड भन्न सक्नुभएको?? अहिले जे भएपनि उ बेलामा जिन्दगी बेच्नुभएको हो नि! लोकतन्त्र र गणतन्त्र को लागि अर्थात्, नयाँ व्यवस्थाको फिस्टे महाराज बन्नलाई। ह्या काका तपाईँ भ्रममा हुनुहुँदो रहेछ।
श्रमिकको श्रम शोषण गर्दैमा बोल्नेको मुख थुन्दैमा किसानहरूको पेटमा छुरा रोप्दैमा मजदुरहरूको खाना खोस्दैमा अनसन बसेकालाई पिट्दैमा सडकमा हकको लागि बस्नेलाई लखेट्दैमा कोही कसरी कुलिन् कमरेड हुन्छ? तर काका मान्नुभएन। यतिले पुगेन भनी फेरी काकाको मा गए।


अनि कि काका? गरिबहरू माथी अत्याचार गर्दैमा कालो धन थुपारेर महाराज बन्दैमा विभेदको श्रृङ्खलाको सिर्जना गर्दै मा अदालतबाट खुलेआम् न्याय किन्दैमा।
अपराधी बन्दैमा र अपराधीलाई जोगाउदैमा कुलिन् कमरेड हुन्छ भन्या? तर अॅह! काका मान्नहुन्न। ह्या काका तपाईँ अचम्मको कुरा नगर्नुन। जाबो ८० लाख युवा विदेश पठाउदा न हुन्। रेमिटेन्स क्वाप्! क्वाप्! झ्वाम् पारेका न हुन्। स्वीस् ब्याङ्क बाट अर्बौं आउने भएका न हुन्। सहरमा ४/५ वटा घडेरी-२/३ वटा महल जोडेका न हुन् आफ्नालाई मन्त्रालय देखि न्युयोर्क-सिड्नी पुर्याएका न हुन्।
जनता लाई आफ्नै दास सम्झेका न हुन्। अनि, अन्त्यमा देश बेचेर सक्काउन लागि परेका न हुन्। अनि यत्ति जाबो त कमरेड बनेपछि गर्नै पर्यो नि काका यो सामान्य त हो नि! त्यो पनि अचेल- यत्ति गर्दैमा, कोई कसैलाई कसरी कुलीन् कमरेड भन्नहुन्छ? तर काका मान्नुभएन- भन्नुभयो।
बेटा त यस्तो नबन् है? यो सबै गर्ने नै कुलिन् कमरेड हुन्। अर्थात्, अहिलेका हाम्रा कमरेड – कुलिन् कमरेड हुन्।
-रामु
