काठमाडौं– नाबालिका बलात्कार तथा बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी नपुगेको भन्दै उच्च अदालत पोखराले सफाइको फैसला सुनाएपछि कलाकार पूर्णविक्रम शाह ९पल शाह० जेलमुक्त भएका छन्।
आइतबार उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको थियो। उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले शाहलाई आइतबार सफाइ दिएको थियो।


उच्च अदालत पोखराबाट सफाइ पाएको पत्र प्राप्त प्राप्त भएपछि शाह रिहा भएको तनहुँ जिल्ला कारागार कार्यालयका प्रमुख ९जेलर० नारायणप्रसाद अधिकारीले जानकारी दिए। पललाई आफन्तको जिम्मा लगाइएको जेल अधिकारीले जानकारी दिए।
एक नाबालिक किशोरीका परिवारले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएका थिए। बलात्कारको उजुरी परेपछि शाह एक वर्ष अगाडि, आजकै दिन ९२०७८ फागुन १५ गते० पक्राउ परेका थिए।
पछि उनले नवलपरासी पूर्व ९नवलपुर०को गैंडाकोटमा पनि बलात्कार गरेको भन्ने जाहेरी परेपछि, नवलपुरमा पनि अनुसन्धान अगाडि बढेको थियो। शाहविरुद्ध जिल्ला अदालत नवलपुर र जिल्ला अदालत तनहुँमा जबरजस्ती करणी, बाल यौन दुर्व्यवहारको कसुर गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।
तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएका थिए। तर, नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो। उच्चले बाल यौन दुर्व्यवहारमा समेत उनलाई सफाइ दिइएको हो।
