काठमाडौं।आगामि चैत ५ गते हुने स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी), अखिल नेपाल विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कपिल सिजपाति संयोजक रहेको अखिल (क्रान्तिकारी) बिच गठबन्धन हुने भएको छ।आइतबार बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय प्रेस बिज्ञप्ति जारी गरेको हो।

प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।
कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ/सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।


