ललितपुर महानगरपालिकाले नगर भित्र इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा राखिएका तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ ।
इन्टरनेट तथा केबल टेलिकभिजनलाई पत्र पठाउदै अनावश्यक तार हटाउन भनेको हो । महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको भन्दै त्यसलाई तत्काल हटाउन पत्रचार गरेको छ ।


सेवाप्रदायकका अनुसार ललितपुर महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरु हटाउनका लागि ७ दिनको समय दिएको छ।
‘‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ ।
महानगरपालिकाले कार्यालय अगाडि ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु ७ दिन भित्र हटाउनुपर्ने बताएका छ ।
७ दिनभित्र सम्बन्धित निकायहरुले आफैँ नहटाएमा ललितपुर महानगरपालिका कार्यालयद्वारा नै हटाउने चेतावनी समेत दिएको छ ।
