नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् ।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका हुन् ।उनले बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको बताउँदै एमाले निराश हुनुपर्ने कारण नभएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको उल्लेख गरेका छन्। बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।उनले सामाजिक सञ्जालमा द्विटरमा लेखेका छन्,‘उहिल्यै भन्देको हो(छेपारो र प्रचण्डबीच


रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’
यो पनि – नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एकीकृत समाजवादीलाई पत्र पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भएका सुवास नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै पठाएका हुन्।
आम निर्वाचनको नयाँ जनादेशअनुरूप पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको उल्लेख गरेको छ। ओलीले नेपाललाई पठाएको पत्रमा भनिएको छ, ‘नेपालको
संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा। सुवासचन्द्र नेम्वाङको
पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’एमाले शनिबार बिहान बसेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा सहयोग माग्दै पत्र लेख्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार नेकपा एसलाई पनि पत्र पठाएको हो।
पुस १० गते एमाले नेतृत्वमा बनेको ७ दलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै गठबन्धन ब्यूँताएका छन्। पुरानो ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन्।
