काठमाडौं । दिल्ली यातायात विभागले राइड सेयरिङ सेवा दिने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने भएको छ । विभागले दिल्ली न्यू नेशनल क्यापिटल रिजन ९एनसीआर०मा राइड सेयरिङ सेवा बन्द गराउने भएको हो ।
बाहन ऐन १९८८ का अनुसार दुईपांग्रे सवारीले व्यवसायिक उद्देश्यका लागि प्रयोग गरेर यात्रु बोक्न नपाइने निमय उल्लङ्घन गरेको भन्दै राइड सेयरिङ सेवा बन्द गराउने भएको हो ।


दुईपांग्रे सवारी सधानले गैरव्यवसायिक नम्बर प्लेटमा भाडाका यात्रुओसारपसार गर्ने गतिविधिमा संलग्न हुन नपाउने उल्लेख गरिएको ।
दिल्ली यातायात विभागका अनुसार र्यापिडो, उवर र ओलाले देशको राजधानीमा बाइक तथा स्कुटर भाडामा चलाएर ऐनको उलङ्घन गरेको भन्दै राइडिङ सेयरिङ कम्पनीहरूको सेवामा रोक लगाउने भएको छ । साथै, १ लाख भारतीय रुपैयाँ जरिवाना गर्ने बताइएको छ ।
यस्ता गतिविधिहरू तुरुन्तै रोकेर कारबाही र जरिवानाबाट बच्नका यातायात विभागले सबैमा आग्रह समेत गरेको छ । नियम मिचेर सेवा संचालन गरेको पाइएमा चालकलाई पहिलो पटक ५ हजार र दोस्रो पटक १० हजार भारुका साथै एक वर्ष जेल सजाय हुन सक्नेछ ।
