प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवासमा शनिबार भएको भेटवार्तामा सत्तारुढ दलभित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेताबीच छलफल भएको छ।


सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाड्ने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शीर्ष नेताकाबीचमा भेटवार्ता भएको हो।
रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको विवाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउनेरनबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन्। यद्धपि, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताका बीचमा गम्भीर छलफल भएको बुझिएको छ।
