उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ गते पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश गरेको थियो ।
लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मंसिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उहाँले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहनुभएको छ ।


