काठमाडौं । स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन आज बिहान ८ बजे देखि ४ बजे सम्म हुँदैछ।त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ भने कतिपय क्याम्पसमा निर्विरोध निर्वाचित भैसकेको छ। २/२ बर्षमा हुनुपर्ने चुनाव बि.स. २०६५ पछि १४ बर्ष पश्चात स्ववियु चुनाव आज अधिकाश त्रि.वि. क्याम्पसहरुमा चुनाव हुँदैछ। प्रत्यक्ष र समानुपातिक, मिश्रित प्रणालि बाट निर्वाचित हुनेछ।
Author: सम्पादक
ललितपुर । महिलाको हक तथा हितमा काम गर्ने संस्था छोरीका लागि छोरी संस्था केन्द्रीय परामर्श विभागद्धारा ललितपुरका विभिन्न स्थानमा अन्तरराष्ट्रिय नारी दिवस मनाएको छ ।छोरीले पनि समाजमा छोरा सरह हक अधिकार पाउनुपर्छ भन्ने उद्देश्यका साथ आज संस्थाले आठ मार्च अर्थात ‘११३ औँ अन्तरराष्ट्रिय नारी दिवस २०७९’ को अवसर पारी सो ठाउँमा विभिन्न कार्यक्रम गरेको हो । विभागकी केन्द्रयी संयोजक बसुधा बस्नेत पाण्डेले उक्त दिनमा आफूहरुले ललितपुरका विभिन्न मन्दिरमा पुगेर गरिब तथा आश्रय बिहिन व्यक्तिलाई कपडा बितरण गरी मानव कल्याणका साथै उक्त दिनको सुरुआत गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यसका अवला हामीले संस्था मार्फत पिछडीएका साथै एकल महिलाका सुरक्षाका लागि समेत…
-सुभानु आचार्य ललितपुर । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूहरु छोरी भएर जन्मेकामा महिलाहरुले गर्व महसुस गर्नुपर्ने बताउनुभएको छ । सफल महिला समुहले आज ‘११३ औँ अन्तरराष्ट्रिय नारी दिवस’ को अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले छोरी मानिसमा करुणाका साथै दया र मायाको खानी हुने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “छोरी भनेका हरेक घरका प्रकाश हुन । सबल मुलुक निर्माणमा छोरीको भूमिका असधै महत्वपूर्ण रहेको छ । छोरीले छोराले नगरेका काम गरेर देखाएका छन् ।” हरेक मानिसको आमा पनि एक छोरी भएरै आमा भएकी मत राख्दै उहाँले भगवान पछिको दोस्रो भगवान आमा हुने भएकाले छोरीको दर्जा सदैव उच्च रहने जिकीर गर्नुभयो…
काठमाडौं।आगामि चैत ५ गते हुने स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी), अखिल नेपाल विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कपिल सिजपाति संयोजक रहेको अखिल (क्रान्तिकारी) बिच गठबन्धन हुने भएको छ।आइतबार बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय प्रेस बिज्ञप्ति जारी गरेको हो। प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ/सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै…
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छ्न्।परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा प्रधानमन्त्री प्रचण्डले ठाडो रोक लगाएपछि तत्त्कालिन बैठक बोलाएको हो। सरकारमा रहने कि नरहने भन्ने विषयमा आज बैठकमा छलफल हुन सक्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनु भयो।
ललितपुर महानगरपालिकाले नगर भित्र इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा राखिएका तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ । इन्टरनेट तथा केबल टेलिकभिजनलाई पत्र पठाउदै अनावश्यक तार हटाउन भनेको हो । महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको भन्दै त्यसलाई तत्काल हटाउन पत्रचार गरेको छ । सेवाप्रदायकका अनुसार ललितपुर महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरु हटाउनका लागि ७ दिनको समय दिएको छ। ‘‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा सडक किनारामा राखिएका अव्यवस्थित तार…
ललितपुर । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सांसद डा. तोसिमा कार्कीले राज्यले हरेक स्वास्थ्यकर्मीलाई सुरक्षाकर्मी तवर तथा सरहको सम्मान दिनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी यूनियन जिल्ला कार्यसमिति ललितपुरले शनिवार आयोजना गरेको ‘सो यूनियनको चौँथो जिल्ला अधिवेशन’ मा बोल्दै उहाँले स्वास्थ्यकर्मी भनेका मुलुकका हरेक व्यक्तिको स्वास्थ्य उपचारका साथै रेखदेख गर्ने पहरेदार रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा स्वास्थ्यकर्मीको अवस्था नाजुक बन्दै गइरहेको हुँदा राज्यले उचित तरिकाको व्यवस्थापन गर्न सकिरहेको छैन् । हामीले उहाँहरुको हितमा थुप्रै काम गर्नुपर्ने देखिन्छ । पेशागत सङ्गठनले राजनीतिक दलभन्दा माथि उठेर स्वास्थ्यकर्मीको सवालमा आफूहरुलाई जानकारी गराउन आवश्यक रहेको कार्कीको बुझाइ रहेको छ । स्वास्थ्य कार्यालय ललितपुरका…
काठमाडौँ । सामाजिक संजालमा निकै चर्चित पुण्य गौतम अव कार्यक्रम प्रस्तोताका रुपमा टेलिभिजनमा देखिने भएका छन् । उनी दैनिक रुपमा टेलिभिजन कार्यक्रम लिएर स्पेस फोके टेलिभिजनमार्फत दर्शकमाझ आउने भएका हुन् । गौतम र टेलिभिजनबीच कार्यक्रमसम्बन्धि सम्झौता भईसकेको टेलिभिजनका प्रबन्ध निर्देशक प्रभात चलाउनेले पुष्टी गरेका छन् । उनले हरेक दिन समयसामयिक विषयमा अतिथिसँग बहस गर्नेछन् । सामाजिक संजालमा उनका कार्यक्रम हेर्ने जमात निकै ठुलो छ ।
ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा आधारभुत चित्रकला तालिम शुरु भएको छ । योङ पिकासो अ कम्युनिटी स्कुल अफ फाइन आर्टको आयोजना तथा सो वडाको सहकार्यमा वडा भित्रका किशोरकिशोरी तथा युवाहरुको सिप विकासका लागि आइतबारदेखि आउँदो आइतबारसम्म उक्त काम शुरु भएको हो । वडाध्यक्ष नीलबहादुर देशारले चित्रकलामार्फत आफूहरुले वडावासीलाई राष्ट्रका साथै अन्तरराष्ट्रिय रुपमा अघि बढाउने योजना अनुरुप उक्त कामलाई अघि बढाएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “ चित्रकलाले मानिसको सोचलाई उजागर गर्ने भएकाले यसले लुकेको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्नेछ ।” सो वडाका सचिव पूर्ण महर्जनले कला बिना मानिस रहन नसक्ने भएको धारणा राख्दै चित्रकारको भविष्य अतिनै राम्रो…
उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ गते पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश गरेको थियो । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मंसिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उहाँले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहनुभएको छ ।