हैन ए! काका कति हाम्रा महान् कमरेडलाई कुलिन् कमरेड भन्न सक्नुभएको?? अहिले जे भएपनि उ बेलामा जिन्दगी बेच्नुभएको हो नि! लोकतन्त्र र गणतन्त्र को लागि अर्थात्, नयाँ व्यवस्थाको फिस्टे महाराज बन्नलाई। ह्या काका तपाईँ भ्रममा हुनुहुँदो रहेछ। श्रमिकको श्रम शोषण गर्दैमा बोल्नेको मुख थुन्दैमा किसानहरूको पेटमा छुरा रोप्दैमा मजदुरहरूको खाना खोस्दैमा अनसन बसेकालाई पिट्दैमा सडकमा हकको लागि बस्नेलाई लखेट्दैमा कोही कसरी कुलिन् कमरेड हुन्छ? तर काका मान्नुभएन। यतिले पुगेन भनी फेरी काकाको मा गए। अनि कि काका? गरिबहरू माथी अत्याचार गर्दैमा कालो धन थुपारेर महाराज बन्दैमा विभेदको श्रृङ्खलाको सिर्जना गर्दै मा अदालतबाट खुलेआम् न्याय किन्दैमा। अपराधी बन्दैमा र अपराधीलाई जोगाउदैमा…
Author: khojnepalmedia@gmail.com
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ भएको छ । पोखरा विश्वविद्यालयले हालै परिमार्जन गरेको पाठ्यक्रम बमोजिम विद्यार्थीलाई प्रयोगात्मक सीप दिन नयाँ प्रयोगशाला स्थापना भएको कलेजले जनाएको छ । कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले एक पटकमा २४ जना विद्यार्थीले एकै पटक प्रयोग गर्न मिल्ने जनाए । यसका लागि आवस्यक सबै सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेको उनले सम्झे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले वैशाख १० मा हुने उपनिर्वाचन बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसअनुसार चितवन २ मा नेता विक्रम पाण्डे, तनहुँ १ मा नीलकण्ठ काफ्ले र बारा २ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकेको छ । कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिनेछन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ । माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ । सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।…
दैलेख( बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै दैलेखको गुराँस गाउँपालिका वडा नं ८ मा विवाह गर्नुअघि अनिवार्य वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। वडाध्यक्ष दीपेन्द्र वलीका अनुसार वडा समितिको बैठकले मंगलबारदेखि लागू हुने गरेर यो निर्णय गरेको हो। बालविवाह नियन्त्रण गर्न प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व अनुमति लिनुपर्ने व्यवस्था लाहु गरिएको हो । ‘वडालाई बाल विवाह निषेध गरिएपनि कार्यान्वयनमा समस्या भइरहेको छ। विवाह गर्दानै अनुमति लिने व्यवस्थाले बाल विवाहका घटना नहुने भएकाले फागुन १२ गतेको वडा समितिको बैठकले विवाहका लागि अनुमति लिनुपर्ने निर्णय गरेको हो,’ वडाध्यक्ष वलीले भने, ‘विवाह दर्ता गराउन आउँदा अनुमतिपत्रलाई अनिवार्य गरेका छौं। यो…
राष्ट्रिय परिक्षा बोर्ड,परिक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको छ । परिक्षा बोर्डले आज एक सूचना जारी गर्दै २०८० सालमा सञ्चालन हुने परिक्षाको तालिका सार्वजनिक गरेको हो । परिक्षा आगामी वैशाख २६ गतेबाट सञ्चालन हुनेछ । परिक्षा तालिका यहाँ क्लिक गरेर हेर्नुहोस्
सामाजिक सञ्जाल टिकटक यतिबेला फिल्म निर्माताहरुको टाउको दुखाईको बिषय बन्न थालेको छ । करोडौ रुपैया लगानी गरेर बनाएको फिल्म हलमा रिलिज भएकै दिन देखी टिकटकमा भिडियो क्लिप्सहरु बाहिरिन थाले पछि निर्माताहरु चिन्तित बनेका छन् । यसैक्रममा फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक भएसंगै फिल्मको डिजिटल अधिकार खरीद गरेको कम्पनी ओएसआरले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै आइतबार निवेदन दिएको हो । आफूहरुले एकदमै महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि पाइरेसी रोक्न ओएसआरका ओम अग्रवालले निवेदन दिएका छन् । यसरी हरेक फिल्मका क्लिप्सहरु…
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु भन्दै अभिनेता पल शाहले भर्खरै एक स्टाटस लेखेका छन् । उनले कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगर्न पनि अनुरोध गरेका छन् । साथै, आज उनले यस बर्षको होलीमा रङ्ग लगाएर मनाएका छन् । उनले आफ्नो परिवारसँग होली मनाएका हुन् । होली मनाउदा उनी निकै खुशी देखिएका छन् । एक बर्ष जेल जिवन बिताएपछि अभिनेता शाह गएको फागुन १५ गते जेलबाट छुटेका थिए । छुटेपछि परिवारसँग रमाइरहेका उननले रंग लगाएर होली मनाएका हुन् । आज होलीकै दिनमा उनले भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार भन्दै यस्तो स्टाटस लेखेका छन् ।…
गोदावरी नगरपालिकाको सातौँ स्थापना दिवसको अवसरमा गोदावरी खुल्ला च्यामपियन हाफ म्याराथन (२१ कि.मी) र अन्तर माध्यामिक विद्यालय स्तरीय १० कि.मी डौड प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू” भन्ने मुख्य नारा सहित गोदावरी नगरपालिकाले हाफ म्याराथन दौड आयोजना गर्न लागेको हो । आउँदो शनिबार उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताहरुलाई नगत सहित सम्मान पत्र समेत प्रदान गरिने कुरा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए । माध्यमिक तहका विद्यार्थीहरुले १० कि.मी दौडमा सहभागी हुन पाउने छन् । गोदावरी नगरपालिकाको प्राङ्गणबाट सुरु भई पोखरीटार (वडा १३), टौखेल चोक, कृष्ण प्रसाद भट्टराई आश्रम, वडा कार्यलय नं. १३ हुदै भलि…
वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै हुनुहुन्छ । विद्यालयमा विद्यार्थी…