KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home अर्थ खबर

स्प्रेडदर कार्यान्वयनमा राष्ट्र बैंक लचिलो, दुई चरणमा घटाउन पाइने

सम्पादक by सम्पादक
December 15, 2022
in अर्थ खबर
0
मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई निक्षेप र कर्जाको औसत ब्याजदरबीचको अन्तर (स्प्रेडदर) दुई चरणमा गरी घटाउने सुविधा दिएको छ । एकैपटक स्प्रेडदर घटाउँदा बैंकहरूको नाफामा नकारात्मक असर पर्ने भएपछि कार्यान्वयनमा राष्ट्र बैंक लचिलो बनेको हो । 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वाणिज्य बैंकको स्प्रेडदर ४ दशमलव ४ प्रतिशतबाट ४ प्रतिशतमा र विकास बैंक तथा फाइनान्स कम्पनीको ५ प्रतिशतबाट ४ दशमलव ६ प्रतिशतमा झार्ने घोषणा गरेको थियो । उक्त घोषणा कार्यान्वयनका लागि बुधवार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले चैत र असारमा गरी दुई चरणमा तोकिएको स्प्रेडदर कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो । 

निर्देशनअनुसार २०७९ चैतबाट स्प्रेडदर वाणिज्य बैंकहरूले  ४ दशमलव २ प्रतिशतमा र विकास बैंक तथा फाइनान्स कम्पनीले ४ दशमलव ८ प्रतिशतमा झार्नुपर्नेछ । २०८० असारबाट भने वाणिज्य बैंकले ४ र विकास बैंक तथा फाइनान्स कम्पनीले ४ दशमलव ६ प्रतिशत लागू गर्नुपर्ने व्यवस्था गरिएको छ । 

बैंक, वित्तीय संस्थाले कर्जामा उच्च दरमा ब्याज लिएको भन्दै उद्योगी व्यवसायी आन्दोलनमै उत्रिएपछि राष्ट्र बैंकले उनीहरूको माग सम्बोधन गर्न स्प्रेडदर घटाउने नीति अघि सारेको हो । बैंकहरूले प्रकाशित गरेको तथ्यांकअनुसार २०७९ असोजमा १४ ओटा बैंकको स्प्रेडदर ४ प्रतिशतभन्दा बढी थियो । सबैभन्दा बढी स्प्रेडदर एनआइसी एशिया बैंकको ४ दशमलव ३९ प्रतिशत र कम स्पे्रडदर नेपाल बैंकको ३ दशमलव ६६ प्रतिशत थियो । 

बैंकहरूको स्प्रेडदर घटाउँदा साना लगानीकर्ताबाट खोसेर ठूलाबडालाई पोस्ने काम भएको पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन् । ‘यो नीतिले बैंकहरूको नाफामा असर गर्छ,’ उनले भने, ‘बैंकका ५५ लाख शेयरधनीको भाग खोसेर केही ठूला ऋणीलाई मात्र फाइदा गर्ने काम भएको छ ।’ चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकका आधारमा स्प्रेडदर घटाउँदा १० बैंकको ९ अर्ब ३ करोड नाफा घट्ने उनले बताए । 

बैंकहरूको मुख्य आम्दानीको स्रोत ब्याज भएकाले स्प्रेडदर घटाउनुपर्दा नाफामा नकारात्मक प्रभाव पर्ने भएकाले अन्य स्रोतबाट आम्दानी गर्न दबाब बढ्ने बैंकरहरू बताउँछन् । 

यसैगरी निर्देशनमार्फत राष्ट्र बैंकले कृषि, साना तथा मझौला उद्यम र ऊर्जाक्षेत्रमा गर्नुपर्ने न्यूनतम लगानी पुर्‍याउन १ वर्ष थप गरेको छ । निर्देशनअनुसार बैंकहरूले कृषिमा १५ प्रतिशत, साना तथा मझौलामा १५ र ऊर्जामा १० प्रतिशत लगानी पुर्‍याउन २०८३ असारसम्मको समय पाएका छन् । यसैगरी कृषिक्षेत्रसँग सम्बद्ध पब्लिक लिमिटेड कम्पनीहरूले जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई कृषिक्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था पनि निर्देशनमा गरिएको छ । 

माघदेखि लघुवित्तले आधारदर प्रकाशित गर्नुपर्ने

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले २०७९ माघदेखि मासिकरूपमा आधारदर प्रकाशित गर्नुपर्ने व्यवस्था पनि गरेको छ । उसले मौद्रिक नीतिको समीक्षाअनुसार निर्देशन जारी गर्दै वेबसाइटमा आधारदर प्रकाशन गर्न भनेको हो ।

यसअघि लघुवित्त वित्तीय संस्थाले मासिक रूपले आधार दर तयार गरी महीना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था थियो । अब भने आधारदर मासिक रूपमा आफ्नो वेबसाइटमार्फत पनि प्रकाशन गर्नुपर्ने भएको छ । लघुवित्तको ऋणको ब्याजदरमा सीमा लगाउँदै आएको केन्द्रीय बैंकले त्यसलाई हटाउन आधारदर कार्यान्वयन गर्ने तयारी गरेको हो ।आर्थिक अभियान बाट

सम्पादक

सम्पादक

Related Posts

khojnepal
अर्थ खबर

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
देशको कुल आम्दानीभन्दा चालू खर्च धेरै, आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च
अन्य

देशको कुल आम्दानीभन्दा चालू खर्च धेरै, आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च

December 29, 2022
पहिलो पुरस्कार टेस्ला कार सहित बुकिङ्ग खुल्ला
अन्य

पहिलो पुरस्कार टेस्ला कार सहित बुकिङ्ग खुल्ला

December 28, 2022
Next Post
यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्य

यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्य

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

पीएसजीमा बस्न एम्बाप्पेले राखे ३ सर्त: नेयमारलाई बेच्ने अनि अरु ?

पीएसजीमा बस्न एम्बाप्पेले राखे ३ सर्त: नेयमारलाई बेच्ने अनि अरु ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

More than 70,000 homeless after deadly Lombok quake

3 months ago

Nike Invented Self-Lacing Sneakers Because the Future Is Now

4 months ago
देशलाई द्रुत समृद्धिमा लैजान गठबन्धनको निरन्तरता आवश्यक छ : अध्यक्ष ठाकुर

देशलाई द्रुत समृद्धिमा लैजान गठबन्धनको निरन्तरता आवश्यक छ : अध्यक्ष ठाकुर

1 month ago
भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

2 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.