KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home अन्य

रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए

सम्पादक by सम्पादक
November 30, 2022
in अन्य, प्रवास
0
रंगिला राष्ट्रपति जो युवावस्थामै मारिए
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जोन एफ केनेडी अमेरिकाका ३५ औं राष्ट्रपति । उनको बिहे सन् १९५३ मा जैकलिन ली बौभियरसँग भयो । जैकलिनले फ्रेञ्च साहित्यमा स्नातक गरेपछि वासिङटन टाइम्स हेराल्ड पत्रिकाको लागि फोटोग्राफी शुरु गरेकी थिइन् । यसै सिलसिलामा उनको भेट केनेडीसित एउटा रात्रिभोजमा भएको हो । पत्रकार चाल्र्स बार्टलेट जैकलिन र केनेडी दुवैका साथी थिए । उनैले रात्रीभोजमा दुवैको परिचय गराइदिएका थिए । केनेडीले पनि सन् १९४५ मा पत्रकारिता गरेर सन् १९४७ मा म्यासाचुसेट्स राज्यबाट प्रतिनिधिसभाको सदस्य चुनिएका थिए । पहिलो भेटमै जैकलिन केनेडीको ब्यक्तित्व, कुसाग्र बुद्धि र धनबाट प्रभावित बनिन् । जैकलिन किताब र पत्रपत्रिकामा लेख्थिन् । त्यसैले भेटमा दुवैले क्याथोलिज्म, लेखाइ र विदेशयात्राको अनुभव साँटासाँट गरे । केनेडी त्यसबेला सिनेटको चुनाव लड्न दौडधुप गर्दै थिए । यसको बाबजुद दुवैको भेटघाट बाक्लिंदै गयो र सम्बन्ध गाढा बन्दै गयो ।

नोभेम्बरमा चुनाव हुँदा केनेडी सिनेटर (संसदको माथिल्लो सभा सदस्य) बने । चुनाव लगत्तै केनेडीले बिहेको प्रस्ताव राखे । जैकलिनले केही समय मागिन् । उनलाई वासिङटन टाइम्स हेराल्डले बेलायती महारानी एलिजाबेथ (द्वितिया) को राज्याभिषेकको फोटाहरू खिच्न लण्डन पठाउन लागेको थियो । उनी लण्डनबाट पनि र १ महिनापछि फर्केर केनेडीको प्रस्तावलाई स्वीकारिन् । पत्रिकाको जागिरबाट राजीनामा दिइन् र, सन् १९५३ को जुन २५ मा इंगेजमेन्ट र सेप्टम्बर १२ मा बिहे गरिन् । त्यसबेला जैकलिन २४ र केनेडी ३६ का थिए । सन् १९५५ मा पेटको बच्चा गि¥यो भने अर्को वर्ष मृतक छोरी जन्माइन् । यसैगरी सन् १९५७ मा फेरि छोरी (क्यारोलिन) र सन् १९६० मा छोरा जोन केनेडी जुनियरलाई १९६३ मा छोरा पेट्रिकलाई जन्म दिइन् । तर, पेट्रिक मात्र ३९ दिन बाँचे ।

सन् १९६० मा मा चुनाव जितेर केनेडी सन् १९६१ को जनवरी २० मा राष्ट्रपति बने । रंगीन स्वभावका राष्ट्रपति बन्नुअगाडि पनि उनको धेरै युवती सँग सम्बन्ध थियो यस्ता सम्बन्ध एकपछि अर्को बढ्दै गयो । उनले बिबाहत्तेर सम्बन्ध धेरैसँग जोडे, तिनैमध्येको थिइन्– एलेन रोमेत्स्च । सन् १९३६ मा जर्मनीमा जन्मेकी उनको परिवार दोश्रो विश्वयुद्धबाट निकै प्रभावित बन्यो र भागेर क्लेनिका गाउँ (वर्तमानमा यो पोल्याण्डमा पर्छ) हुँदै पछि रिसामा बसाइँ स¥यो । युद्धपछि जर्मनीको विभाजन हुँदा यो ठाउँ रुस नियन्त्रित पूर्वीजर्मनीमा प¥यो । सन् १९४९ मा एलेन १३ वर्षकी थिइन् तर सत्तारुढ कम्युनिष्ट पार्टी (सोसलिष्ट युनिटी पार्टी) को भातृसंगठन ‘फ्री जर्मन युथ’ को सदस्य बन्न पुगिन् । लगत्तै त्यहाँ कृषीमा  खेतीलाई अनिवार्य बनाइयो । एलेनका आमाबाबु यसको बिरोधमा खडा भए र राज्यको पेलानमा परे । बर्षौं उत्पीडन सहेका उनीहरू सन् १९५५ को एकदिन मौका पारेर पश्चिम जर्मनीतर्फ भागे ।

त्यहाँ पुगेर गुत ओबेर्बर्गमा जग्गा लिजमा लिई बसे । एलेनले त्यहाँ ब्यवसाय गर्न भनी तालिम लिइन् । लगत्तै उनको बिहे भयो । तर केही महिनामै छुट्टिएर एलेनले हवाइसेनाका अधिकारी रोल्फ रोमेत्स्चसँग दोश्रो बिहे गरिन् । सन् १९५८ मा एउटा छोराको आमा बनिन् । सन् १९६१ को अप्रिलमा एलेनका लोग्ने रोल्फ वासिङटनस्थित पश्चिम जर्मनीको लजिस्टिक कार्यालयमा खटिए । उनीहरु तीनैजना वासिङटन पुगे र भर्जिनियाको अर्लिङटन काउन्टीमा बस्न थाले । एलेन दिनभर घरमै बस्थिन्, कुनै काम थिएन । त्यसैले मोडेलको काम थालिन् । कसै कसैले उनले मोडेलको आवरणमा बेश्याबृत्ति थालेको भन्ने गरेका छन् । वासिङटनमा काम गर्ने सिलसिलामै उनको भेट सिनेटका कर्मचारी बबी बेकरका सहयोगी नान्सी टेलरसित भयो । बेकरले एलेनलाई क्यापिटल हिलस्थित कोरुम क्लबमा नाचेर ग्राहकलाई मनोरञ्जन दिने काममा लगाए । उक्त क्लब सिनेट भवनसँगै थियो । आफ्नै क्लबमा बेकरेल सिनेटर तथा अन्य गन्यमान्यलाई सदस्य बनाउँथे र सदस्यता शुल्क लिएबापत खाना, मदिरा पिलाउने मात्र होइन होटेलको कोठा र केटीहरुसमेत मिलाइदिन्थे । एलेनले क्लबमा काम गर्दै सिनेटरलगायत उच्चपदस्थ व्यक्तिहरूसँग सम्बन्ध मजबुत पारिसकेकी थिइन् । यसबीच केनेडीसँग पनि भेट भयो र सम्बन्ध घनिष्ट बन्यो ।

अमेरिकी संघीय जाँचब्यूरो (एफबिआइ) ले उक्त क्लबमा जासुसहरू खटाउने गथ्र्यो । तीमध्येका एकजनाले एलेनमाथि शंका गरे । कारण थियो– एलेन पूर्वी जर्मनीको हुनु । उनलाई लाग्यो एलेन पक्कै त्यहाँका कम्युनिष्ट नेता तथा राष्ट्रपति वाल्टर उलब्रेख्तको मान्छे हुनुपर्छ । उनैको रिपोर्टको आधारमा एफबिआइले एलेनको चियो गर्न थाल्यो । त्यसबेला महान्यायाधिवक्ता थिए केनेडीकै भाइ रोबर्ट, उनले पनि एलेनबारे छानबिन गर्न लगाए । लगत्तै एफबिआइले एलेनसँग सोधपुछ ग¥यो । एफबिआइले एलेनको कारण सुरक्षामा खतरा नरहेको मात्र होइन उच्चपदस्थ ब्यक्तिहरुसँग यौन सम्बन्ध रहेको भन्ने शंका पनि निराधार भएको निश्कर्ष निकाल्यो । यसको बावजुद एलेनमाथि शंका गर्न एफबिआइ तयार भएन कारण, बेलायतमा कृष्टिना यसबीच किलरले प्रोफ्युमो काण्ड मच्चाइसकेकी थिइन् । कृष्टिना पनि मोडेल थिइन्, क्लबमा नृत्य गर्थिन् । उनले सोभियत जासुसहरुसित मिलेर बेलायती युद्धमन्त्री जोन प्रोफ्युमोसित यौन सम्बन्ध गाँसी गोप्य सूचना प्राप्त गरेकी थिइन् । अमेरिकी सरकारले एलेनको बारे पश्चिम जर्मन सरकारलाई जानकारी दिन उचित ठान्यो र प्राप्त सबै सूचना उपलब्ध गरायो । जर्मन सरकारले रोल्फसँग पत्नी एलेनको गतिविधिलाई लिएर रोष प्रकट ग¥यो र एक हप्ताभित्र उनलाई स्वदेश बोलायो । जर्मन सरकारले फिर्ता बोलाउँदा बोलाउँदै अमेरिकाले रोल्फलाई देशनिकाला ग¥यो । रोल्फ पत्नी र छोरासँगै स्वदेश फर्के ।

रोल्फ र एलेनको देश निकालापछि झन यो खबर सनसनीपूर्ण बन्यो । एलेनको राष्ट्रपति केनेडी र अन्य सिनेटरलगायत उच्च सरकारी अधिकृतसँग यौन सम्बन्ध रहेको समाचारहरू प्रकाशित भए । यहाँसम्म कि एलेन मुख मैथुनमा धेरै अभिरुचि राख्ने र केनेडीसित पनि सम्बन्ध रहेको हल्ला फिजायो । बबी बेकर भन्छन्, ‘केनेडीको नजिकका साथी बिल थम्पसनमार्फत एलेनलाई ह्वाइटहाउसमा पुर्याउने गरेको हुँ । राष्ट्रपतिले ह्वाइटहाउसमा एलेनसँग निकैपटक दिवा र रात्रीभोज खाएका छन् । अचम्म त यो छ कि केनेडीले मात्र होइन तात्कालिन सांसद तथा पछि राष्ट्रपति भएका गेराल्ड फोर्डले पनि एलेनसित सम्बन्ध बनाएका थिए ।’

अमेरिकी पत्रकार, इतिहासकार तथा ९ वटा अत्यधिक बिक्रीको पुस्तकका लेखक इभान थोमसका अनुसार आफ्ना दाजु जोन केनेडीले एलेनसँग यौन सम्बध राख्ने गरेकै कारण महान्यायाधिवक्ता रोबर्ट केनेडीले एलेनलाई देशनिकाला गर्न लगाएका थिए । एलेनले पछिसम्म पनि आफूले बेश्यावृत्ति र जासुसी गरेको आरोपको खण्डन गरिरहिन् तैपनि उनीमाथिको छानबिनलाई सन् १९८७ सम्म एफबिआइले रोकेन र ४ सय ७८ पृष्ठको रिपोर्ट बनायो । एफबिआइले  एलेनले जासुसी गर्ने गरेको कुरोलाई कहिल्यै नकारेन तर सबुद प्रमाण पनि भेट्टाउन सकेन । केनेडीको हत्यापछि राष्ट्रपति बनेका लिण्डन बि जोन्सनले पनि आनो कार्यकालमा एलेन र केनेडीको सम्बन्धमा चासो लिएर एफबिआइका अधिकृतहरूसँग सोधपुछ गरे । त्योबेला एअबिआइले पूर्वी जर्मनीका युवतीहरूको एउटा समूह नै वासिङटनमा सक्रिय रहेको र उनीहरूले आफ्नो शरीर उपयोग गरी सुरक्षासम्बन्धी सूचनाहरू बटुल्न थालेको खुलासा गरेको थियो । उनीहरुले सरकारी पार्टीहरूमा सामेल भएर नांगै नाच्ने र सामूहिक सम्भोगको लागि अमेरिकी अधिकृतहरूलाई उक्साउने गरेको पनि जानकारी दियो । उता, जर्मनी फर्केको केही समयपश्चात नै रोल्फ र  एलेनको सम्बन्ध बिच्छेद भयो । यतिखेर एलेन जर्मनीको बोन शहरमा पशुपालन गरी दूध बेच्छिन्, चुकन्दर उत्पादन गर्छिन् छोरासँगै बस्छिन् । सार्वजनिक हुन चाहन्नन् ।

स्मरणीय छ, राष्ट्रपति केनेडीको एलेनबाहेक अभिनेत्रीहरू मर्लिन डेत्रिच, मर्लिन मुनरो, जुडिथ कैम्पबेल, एन्जी डिकिन्सन, जेन टिएर्नी, ह्वाइटहाउसकै कर्मचारीहरू मिमी अल्फोर्ड, फिदल, प्रिसिल्ला मियर, जिल कोवेन, धनी महिला मेरी पिन्चोट मेयेर, क्लबमा नांगै नाच्ने ब्लेज स्टार, पत्नी जैकलिनकी प्रेस हेर्ने सहायिका पामेला टर्नुर, स्विडिस महिला गुनिल्ला भोन पोस्ट आदिसँग बिवाहेत्तर सम्बन्ध थियो ।राजेन्द्र स्थापित
 जनआस्था साप्ताहिकबाट

सम्पादक

सम्पादक

Related Posts

देशको कुल आम्दानीभन्दा चालू खर्च धेरै, आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च
अन्य

देशको कुल आम्दानीभन्दा चालू खर्च धेरै, आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च

December 29, 2022
पहिलो पुरस्कार टेस्ला कार सहित बुकिङ्ग खुल्ला
अन्य

पहिलो पुरस्कार टेस्ला कार सहित बुकिङ्ग खुल्ला

December 28, 2022
हिंसामा उत्रिए मोरक्कोका समर्थक, फ्रान्सको झण्डा च्यातियो
अन्य

हिंसामा उत्रिए मोरक्कोका समर्थक, फ्रान्सको झण्डा च्यातियो

December 15, 2022
Next Post
कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

चेक बाउन्स, यो चुनाव र अबको चिन्ता

चेक बाउन्स, यो चुनाव र अबको चिन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

2 months ago

Perfect places to watch the sunrise in Bali while you honeymoon

4 months ago

Bali’s newest boutique hotel is an art-inspired design hideaway in Ubud

4 months ago

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

4 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.