KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home राजनीति
Trending

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

khojnepalmedia@gmail.com by khojnepalmedia@gmail.com
January 16, 2023
in राजनीति, समाचार
0
khojnepal
40
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम अघि बढेको छ । यही माघ १ देखि ८ गतेसम्म सञ्चालन भइरहेको श्रीमदभागवत सप्ताहा ज्ञानमहायज्ञ उद्घाटनका क्रममा आइतबार ललितपुर जिल्ला प्रतिनिधि तथा प्रदेश सभाका सांसदका साथै सो नगरपालिकाका प्रमुखले व्यक्तिगत रुपमा चन्दा प्रदान गरी उक्त कामको थालनी गर्नुभएको हो ।

ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद उद्य शमशेर राणाले देवीको नित्य पूजा गर्न अतिनै जरुरी रहेको भनाइ राख्दै यसलाई संरक्षण गर्दै अघि बढिने वचनवद्धताका साथ अक्षयकोष स्थापनाका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु २५ हजार सहयोग प्रदान गर्नुभएको छ । उहाँले भन्नुभयो, “बज्रवाराहीदेवीको मन्दिर भनेको यो भेगकै महत्वपूर्ण मन्दिर हो । यस मन्दिरमा लामो समयदेखि रोकिरहेको नित्य पूजा अघि बढाउन आफूले सक्ने निकायबाट रुकम संकलन गरी पुनः ल्याएर प्रदान गर्नेछु ।” ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद प्रेम महर्जनले सो सप्ताह महायज्ञ सफल बनाउन आफूले सक्दो सहयोग गर्ने मत व्यक्त गर्दै आफूले चिनेका साथीभाई आदिबाट रकम जम्मा गरी सप्ताह सम्पन्न हुनु अघि रकम ल्याएर समितिलाई बुझाउने वचनवद्धता गर्नुभयो ।

ललितपुर क्षेत्र नं ३ (१) प्रदेशसभाका सदस्य रघुनाथ महर्जनले देवीको ३० वर्ष अघिदेखि राकिरहेको नित्य पूजा सञ्चालन गराउन र हाल अघि बढिरहेको श्रीमदभागवत सप्ताह सफल बनाउन आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार पाँच सय १ प्रदान गरी बाँकी रकम पछि पुनः सहयोग गर्ने जानकारी गराउनुभयो । ललितपुर क्षेत्र नं ३ (२) प्रदेशसभाका सदस्य प्रेमभक्त महर्जनले मन्दिरमा हाल अघि बढिरहेको सप्ताह महायज्ञ सफल बनाउन आफूले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्दै मन्दिरको नित्य पूजा सञ्चालनका लागि व्यक्तिगत रुपमा रु १० हजार एक सय एक प्रदान गर्ने वचनवद्धता व्यक्त गनुभयो ।

सो नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले काठमाडौं उपत्यकाको चार वाराही स्वेत, नील, धुम्वाराहीमध्ये बज्रवाराहीदेवी पनि एक प्रमुख वाराही रहेको जानकारी गराउँदै आफ्नो नगरपालिका भित्र रहेको सो मन्दिरको संरक्षणमा विशेष जिम्मेवारीबोध गर्दै व्यक्तिगत रुपमा रु २५ हजार पाँच सय ५५ सहयोग गरी अक्षयकोष स्थापनाको कार्य सफल बनाउने भनाइ राख्नुभयो । हिजोदेखि आउँदो आइतबारसम्म अघि बढिरहेको सप्ताहा ज्ञानमहायज्ञ श्रवण गर्नाका लागि इच्छुक महानुभावलाई बज्रवाराही आउन श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यले अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “मन्दिरको नाममा रहेको जग्गा हराएपछि यहाँ नित्य पूजा हुन सकेको छैन । ३० वर्षअघि मन्दिरमा नित्य पूजा आदि हुन्थ्यो । मन्दिरमा दैनिक पूजा चलाउन खर्च जुटाउन नसकेपछि नित्य पूजा रोकिएको हो ।” आउँदो आइतबारसम्म चलिरहेको सप्ताहा महायज्ञ सफल बनाएर अक्षयकोष खडा गरी देवीको नित्य पूजा पुनः निरन्तरता गराउन आफू एक महिना अघिदेखि लागिरहेको समितिका प्रमुख सल्लाहकार विश्वनाथ न्याँैपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कामलाई सफल बनाउन इच्छुक व्यक्तिबाट सल्लाह र सुझावको समेत आशा गरिरहेका छाँै ।” ऐतिहासिक धार्मिक देवीको मन्दिरबारे आउँदा पूर्खाले पनि बुझ्न र जान्न जरुरी रहेको भनाई राख्दै धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रको समेत हित गर्ने सल्लाहकार डा.नारायणहरी गजुरेलले जिकीर गर्नुभयो ।

नेपालमा गजुर नभएको मन्दिरको नाममा बज्रवाराही देवीको मन्दिर प्रख्यात रहेको छ । सो मन्दिरमा पण्डित कपिलदेव भट्टको मुखारबिन्दबाट कथा वाचन भइरहेको छ । नेपाल संवत ७१९ मा श्रराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेका र पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका कुरा अध्यक्ष कर्मार्चायले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यस देवीको मन्दिर नेपाल सम्वत ८५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गर्नुभएको कुरा सुन्न पाइन्छ ।” भक्तपुरका राजा नरेन्द्रदेव लडाइँबाट चापागाउँको बाटो हुँदै घर फर्कदा निकै रात परेछ ।

उनले बाटोमा पर्ने सो देवीको घरमा बास माग्न सिपाहीहरुलाई लगाएछन् । सिपाहीहरु डराएर फर्केछन् । ‘शिर माथिदेखि पाउसम्म सेतो कपडाले छोपिएको डर लाग्दो आकृतिमा सुतिरहेको छ सरकार’ भनी सुनाएपछि राजा आफै हेर्न गएछन् । राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रवाराहीको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि उसैअनुसार मूर्ति र खट बनाई जात्रा चलाइँदै आएको किंवदन्ती सुन्न पाइन्छ ।

त्यसैले हरेक वर्ष सो मन्दिरमा बडादशैंको दशमीका दिन ठूलो मेला लाग्ने गर्छ ।

Source: सुभानु आचार्य
khojnepalmedia@gmail.com

khojnepalmedia@gmail.com

Related Posts

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!
राजनीति

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान
राजनीति

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
Next Post
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

चेक बाउन्स, यो चुनाव र अबको चिन्ता

चेक बाउन्स, यो चुनाव र अबको चिन्ता

2 months ago
हिंसामा उत्रिए मोरक्कोका समर्थक, फ्रान्सको झण्डा च्यातियो

हिंसामा उत्रिए मोरक्कोका समर्थक, फ्रान्सको झण्डा च्यातियो

2 months ago

What to look out for as the Premier League returns

5 months ago
गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

2 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.