KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home समाचार

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

khojnepalmedia@gmail.com by khojnepalmedia@gmail.com
January 8, 2023
in समाचार
0
बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै
67
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सुभानु आचार्य

ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवी मन्दिरमा श्रीमदभागवत सप्ताहा ज्ञानमहायज्ञ लगाइने भएको छ । सो मन्दिरको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि उक्त काम अघि बढाउन लागिएको हो । आउँदो माघ १ देखि ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने भएको श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचायले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको नाममा रहेको जग्गा हराएपछि यहाँ नित्य पूजा हुन सकेको छैन ।

३० वर्षअघि मन्दिरमा नित्य पूजा आदि हुन्थ्यो ।” मन्दिरको दैनिक पूजा चलाउन सामग्री समेत जुटाउन नसक्ने भएपछि सो काम रोकीदै आइरहेको कर्माचार्यले जानकारी गराउनुभयो । सात दिन सप्ताहा महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकीएको कामलाई निरन्तरता दिने भएको समितिका सल्लाहकार विश्वनाथ न्याँैपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरमा अक्षयकोष खडा गर्न सक्याँै भने पूजा एवं पूजारीका साथै आवश्यक सामग्रीको व्यवस्थापन गर्न सहज हुनेछ ।” सो कामलाई सफल बनाउन नगरपालिकावासी लगायत इच्छुक व्यक्तिहरुलाई जिम्मेवारीका साथ कर्तव्यबोध गरिदिन न्याँैपानेले अनुरोध गर्नुभएको छ ।

सत धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रको समेत हित हुने विचार व्यक्त गर्दै मुलुकभरका नागरिकलाई सप्ताह महाज्ञान श्रवण गरी देवीको नित्य पूजा सञ्चालनका लागि सहयोग गरिदिनका लागि अर्का सल्लाहकार डा. नारायणहरी गजुरेलले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “मन्दिरको स्रोत अभावमा पूजा रोकिनु भनेको सबैको चासोको विषय बन्नुपर्ने देखिन्छ । परापूर्वकालदेखि चलिआएको कर्म रोकीनु राम्रो संकेत नभएकाले चलाउन जरुरी भएको गजुरेलले चासो व्यक्त गर्नुभएको छ ।

मन्दिरमा एक हप्ता पछि लगाइने भएको सप्ताहा महायज्ञ सफल बनाउन सबै नागरिकको महत्वपूर्ण भूमिका रहनेभएकाले कथा श्रवणका लागि मुलुकवासीलाई आफूहरुले सञ्चारमाध्यम मार्फत बज्रवाराहीमा निमन्त्रणा गरेको कालेश्वर संरक्षण सेवा समितिका अध्यक्ष चसुन्दर महर्जनको भनाइ रहेको छ । श्रीमदभागवत महायज्ञ लगाएर बज्रवाराहीदेवीको नित्य पूजा सञ्चालन गर्ने कुरा जाहेज रहेको जानकारी गराउँदै एकपटक सो पूजा अघि बढेपछि पुनः रोकियो रे भन्ने कुरा सुन्नुनपरोस भन्ने कुरा नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले राख्नुभएको छ । उहाँले भन्नुभयो, “ धार्मिक काम गर्ने कुरा अघि सार्नु भएको छ ।

यो काम तपाईहरु गर्नुहोस तर अर्काे पटक धेरै वर्ष अघिदेखि रोकिएको काम फेरी रोकियो रे ! भन्ने अवथा सिर्जना हुनु हुँदैन ।” देवीको सेवामा आफूले सक्दो सहयोग गर्न तत्पर भएको महर्जनको धारणा रहेको छ । काठमाडौं उपत्यकाको चार वाराही स्वेत, नील, धुम्वाराहीमध्ये बज्रवाराही भने खुबै नाम चलेकी देवी हुन । सो मन्दिर नेपालमा गजुर नभएको मन्दिरको नाममा पनि प्रख्यात रहेको छ । बज्रवाराहीदेवीको मन्दिर लगभग २० हेक्टर जमिनको बीचमा रहेको छ । नेपाल संवत ७१९ मा श्रराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेका र पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका कुरा अध्यक्ष कर्माचायले जानकारी गराउनुभयो ।

45

उहाँले भन्नुभयो, “यस देवीको मन्दिर नेपाल सम्वत ८५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गर्नुभएको कुरा सुन्न पाइन्छ ।” भक्तपुरका राजा नरेन्द्रदेव लडाइँबाट चापागाउँको बाटो हुँदै घर फर्कदा निकै रात परेछ । उनले बाटोमा पर्ने सो देवीको घरमा बास माग्न सिपाहीहरुलाई लगाएछन् । सिपाहीहरु डराएर फर्केछन् । ‘शिर माथिदेखि पाउसम्म सेतो कपडाले छोपिएको डर लाग्दो आकृतिमा सुतिरहेको छ सरकार’ भनी सुनाएपछि राजा आफै हेर्न गएछन् ।

राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रवाराहीको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि उसैअनुसार मूर्ति र खट बनाई जात्रा चलाइँदै आएको किंवदन्ती सुन्न पाइन्छ । त्यसैले हरेक वर्ष सो मन्दिरमा बडादशैंको दशमीका दिन ठूलो मेला लाग्ने गर्छ । बज्रवाराहीको जंगलमा विभिन्न जडीबुटी तथा वनस्पतिहरु प्रशस्त पाइन्छन् ।

सो देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएको पातहरु साँझ परेपछि मन्दिरतर्फ हावाले बगाएर ल्याउने र मन्दिरको काठ दाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न हुन्न भन्ने कुरा स्थानीय पुरुषोतम घिमिरेले बताउनुभयो ।

khojnepalmedia@gmail.com

khojnepalmedia@gmail.com

Related Posts

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!
राजनीति

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान
राजनीति

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
Next Post
khojnepal

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

Indonesia’s Largest Fleet Of Taxis Teams Up To Beat Ride-hailing Apps

3 months ago
प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

2 months ago
मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

1 month ago

Perfect places to watch the sunrise in Bali while you honeymoon

4 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.