KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home अन्य

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले पहिलो दल, ‘तीन क्षेत्रबाहेकका सबै परिणाम भोलिसम्म’

सम्पादक by सम्पादक
November 30, 2022
in अन्य, राजनीति
0
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले पहिलो दल, ‘तीन क्षेत्रबाहेकका सबै परिणाम भोलिसम्म’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, निर्वाचन आयोगले तीनवटा जिल्ला बाहेक अन्य क्षेत्रको सबै मतगणनाको परिणाम बिहीवार साँझसम्म आइपुग्ने आफूले अपेक्षा गरेको जनाएको छ।

पहिलो हुनेले जित्ने प्रणाली अन्तर्गत मतगणना भएका १६२ क्षेत्रमध्ये १६१ वटा को मत परिणाम आइसकेको छ।

विवाद भएका दोलखा, बाजुरा र स्याङ्जाका तीनवटा निर्वाचन क्षेत्रमध्ये दोलखामा पुनः निर्वाचन गराइएको छ भने बाजुरा र स्याङ्जाका कतिपय विवादबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ।

हालसम्म समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत १ करोडभन्दा बढी मतको गणना भइसकेको छ।

अहिलेसम्मको अवस्थाबारे निर्वाचन आयोग के भन्छ?

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बीबीसीसँग कुरा गर्दै तीनवटा क्षेत्र बाहेक अन्यत्रको मत परिणाम बिहीवारसम्म आइसक्ने बताए।

उनले भने, “समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोडभन्दा बढी मतगणना भइसक्यो। अब चार/पाँच लाख बाँकी होला। मेरो बिचारमा तीनवटा निर्वाचन क्षेत्रबाहेक अरूको परिणाम निर्वाचन प्रणालीमा भोलिसम्म प्रविष्ट भइसक्नु पर्ने हो।”

प्रतिनिधिसभाका २६५ सदस्यका लागि भएको चुनावमा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन गर्ने गरिन्छ।

प्रत्यक्षतर्फको हालसम्मको गणनामा नेपाली कांग्रेसले ५४ सिटमा जित हात पारेको छ।

सुनसरी क्षेत्र नम्बर ४ को परिणाम आउन बाँकी छ। त्यहाँ नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आफ्ना नेकपा एमालेका प्रतिद्वन्द्वीभन्दा करिब ३०० मतान्तरले अघि छन्।

त्यहाँ मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ।

रामचन्द्र पौडेल

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत दोस्रो स्थानमा ४४ सिटसहित नेकपा एमाले रहेको छ।

पहिलो हुनेले जित्ने प्रणालीमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन्।

तीनवटा दल जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात/सातवटा सिट जितेका छन्।

पाँच जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक सिट जितेका छन्।

लोसपा नेपालले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन्।

समानुपातिकतर्फ कुन दल अघि?

समानुपातिक प्रणाली अन्तर्गत भने प्रमुख विपक्षी दल नेकपा एमाले पहिलो स्थानमा छ।

एमालेले २७ लाख भोट ल्याउँदा कांग्रेसले २५ लाख ६७ हजार भन्दा केही धेरै मत ल्याएको छ।

एकल चिह्नमा चुनाव लडेका माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले ११ लाख ४६ हजार र पहिलो पटक चुनाव लडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार भन्दा धेरै मत ल्याएका छन्।

उक्त प्रणाली अन्तर्गत पाएको मत सङ्ख्याका आधारमा ७ वटा दल राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार, जसपा नेपालले झन्डै ४ लाख २ हजार र जनमत पार्टीले ३ लाख ६७ हजार भन्दा धेरै मत ल्याएका छन्।

सामानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एकीकृत समाजवादीले भने राष्ट्रिय दल बन्न आवश्यक ३ प्रतिशत मत सङ्ख्याको थ्रेसहोल्ड कटाउन सङ्घर्ष गरिरहेको छ।

सो दलले करिब २ लाख ८६ हजार मत ल्याइसकेको छ।

अहिलेसम्मको मतगणनामा समानुपातिक प्रणालीतर्फ नेकपा एमालेले झन्डै २७ प्रतिशत मत ल्याएको छ।

कांग्रेसले साढे २५ र माओवादी केन्द्रले करिब साढे ११ प्रतिशत मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत प्रतिशत झन्डै ११ पुगेको छ।

माओवादी केन्द्रकी नेतृ रेखा शर्माले एमाले महासचिव शङ्कर पोखरेललाई पराजित गरिन
तस्बिरको क्याप्शन,चुनावमा कतिपय शीर्ष नेता पनि पराजित भएका छन्। माओवादी केन्द्रकी नेतृ रेखा शर्माले एमाले महासचिव शङ्कर पोखरेललाई पराजित गरिन्

दोलखाका केही मतदान केन्द्रमा पुनः मतदान हुन लागेकाले यो जिल्लाभरिको समानुपातिक मतगणना भएको छैन।

त्यस्तै बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को पनि मतगणना सुरु भएको छैन। बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

दोलखामा एक लाख ६१ हजार मतदाता सङ्ख्या छ भने बाजुरामा ८३ हजार मतदाता छन्। त्यस्तै स्याङ्जा-२ मा एक लाख १६ हजार मतदाता छन्।

 देशभर करिब १ करोड ७९ लाख ८८ हजार मतदाता रहेका छन्।

त्यसमध्ये ६१ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले जनाएको थियो।

कति मत बदर भए भन्ने हालसम्म प्रस्ट नभएको भए पनि दोलखा, बाजुरा र स्याङ्जाका तीन क्षेत्रबाहेक अन्य ठाउँका परिणाम बिहीवारसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ।

भावी संसद्‌को अङ्कगणितको एउटा खाका देखा पर्दै गर्दा सत्ताधारी गठबन्धनका कतिपय नेताहरूले अहिलेकै गठबन्धनले साना दलहरूलाई पनि समेटेर भावी सरकारको नेतृत्व गर्ने बताइरहेका छन्।

त्यसका लागि उनीहरूले राजनीतिक भेटवार्ता पनि अघि बढाएका छन्।

विपक्षी एमालेका कतिपय वरिष्ठ नेताले पनि आफ्नो दलले सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन्।

तर उक्त दलले औपचारिक रूपमा त्यस्तो पहल अघि बढाइसकेको देखिदैँन। (बीबीसी)

सम्पादक

सम्पादक

Related Posts

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!
राजनीति

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान
राजनीति

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
Next Post
सरकारी निकायबीच तालमेल नहुँदा सुकुम्बासी व्यवस्थापन गर्न सकस

सरकारी निकायबीच तालमेल नहुँदा सुकुम्बासी व्यवस्थापन गर्न सकस

राष्ट्रिय स्वतन्त्र पार्टी: प्रदेशसभा खारेजीको मत राख्ने यो दलले अन्य राजनीतिक मुद्दामा कस्तो अडान राख्छ?

राष्ट्रिय स्वतन्त्र पार्टी: प्रदेशसभा खारेजीको मत राख्ने यो दलले अन्य राजनीतिक मुद्दामा कस्तो अडान राख्छ?

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

China’s Peng banned and fined for Wimbledon corruption attempt

4 months ago
पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निर्णय, संयोजकमा ओली

पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निर्णय, संयोजकमा ओली

1 month ago
प्राधिकरण विभाजन गरे कालोसूचीबाट हट्छ

प्राधिकरण विभाजन गरे कालोसूचीबाट हट्छ

2 months ago

More than 70,000 homeless after deadly Lombok quake

4 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.