KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home अन्य

देशको कुल आम्दानीभन्दा चालू खर्च धेरै, आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च

सम्पादक by सम्पादक
December 29, 2022
in अन्य, अर्थ खबर
0
देशको कुल आम्दानीभन्दा चालू खर्च धेरै, आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देशको कुल आम्दानीभन्दा पनि चालू खर्च बढी भएको छ । सबै शीर्षकको कर संकलनबाट सरकारका तीनवटा शीर्षकमा हुने खर्चमध्ये एउटा शीर्षकको खर्च अर्थात् चालू खर्च पनि धान्न नसकेको सरकारी तथ्यांकले नै देखाएको हो । यसले सरकारी खर्चमा चाप परेको र राजस्व संकलनको अवस्था दयनीय बन्दै गएको प्रस्ट भएको छ ।

सरकारले गर्ने खर्चहरु चालू, पुँजीगत र वित्तीय व्यवस्थापन शीर्षकमा हुने गर्छ भने कर, गैरकर, ग्रान्ट र अन्य बीजकको आयलाई आम्दानीमा समावेश गर्ने सरकारी सिस्टम छ । तर, सबै शीर्षकको आम्दानीभन्दा पनि चालू खर्च बढी भएको छ । साउनदेखि पुस १२ गते मंगलबारसम्मको सवा पाँच महिनाको अवधिमा चालूतर्फ तीन खर्ब ७८ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ भएको छ । चालू खर्चको अतिरिक्त यो सवा पाँच महिनाको अवधिमा पुँजीगततर्फ पनि ४० अर्ब ४१ करोड १२ लाख र वित्तीय व्यवस्थापनतर्फ ५९ अर्ब ९६ करोड ६८ लाख गरी कुल खर्च चार खर्ब ७९ अर्ब १७ करोड ५१ लाख रुपैयाँ भएको छ । आम्दानी भने तीन खर्ब ४६ अर्ब ४४ करोड रुपैयाँ मात्र भएको छ ।

समग्रमा कुल आम्दानीभन्दा कुल खर्च एक खर्ब ३२ अर्ब ७३ करोड ५१ लाख भएको छ । राजस्व संकलनमा धक्का लागेको कारण पुस मसान्तसम्म खर्च र आम्दानीको अन्तर अझै ठूलो हुने देखिन्छ । चुनावपछि विकास निर्माणको कामले गति लिएको छ भने चुनावअघि भएका कतिपय विकास निर्माणको कामको भुक्तानी पनि अहिले हुने भएको कारण खर्चको आकार अझै ठूलो हुने अर्थ मन्त्रालयको अनुमान छ । मंसिर मसान्तसम्म भएको आयातमा प्रतिबन्ध, स्वदेशभित्र माग कमलगायतका कारण आम्दानी अझै घट्ने देखिन्छ । यसले अर्थतन्त्रमा थप चाप पर्नेछ ।

साउनदेखि पुस १२ गतेसम्मको अवधिमा कर राजस्व तीन खर्ब १९ अर्ब ५५ करोड ५० लाख, गैरकर राजस्व २६ अर्ब ८८ करोड ५० लाख, ग्रान्ट तीन अर्ब ४१ करोड ५९ लाख र अन्य आम्दानी २७ अर्ब ८१ करोड एक लाख मात्र भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार तलब, भत्ता, दैनिक प्रशासनिकलगायतका शीर्षकमा हुने चालू खर्च अझै बढ्नेछ । यद्यपि संघ सरकारले प्रदेश र स्थानीय तहमा पठाएको चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ भने चालू खर्च शीर्षकमा समावेश गरे पनि त्यो सबै पैसा चालू शीर्षकमा मात्र खर्च नभई पुँजीगत खर्च पनि हुन्छ । तर, प्रदेश र स्थानीय तहमा पनि संघमा जस्तै वास्तविक पुँजीगत खर्च न्यून नै भएको कारण अहिलेसम्म चालू खर्चले कुल आम्दानी धान्न नसकेको हो । ‘राजस्व संकलन भए पनि नभए पनि चालू खर्च रोक्न सकिँदैन’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘यही गतिले खर्च बढ्ने र आम्दानीका स्रोतहरु सुक्दै जाने हो भने देशको अर्थतन्त्र टाट उल्टिन धेरै समय लाग्दैन । नेपालले वैदेशिक मुद्रा आम्दानी गर्ने स्रोत नै सीमित छ त्यो पनि भरपर्दो नभएको कारण अर्थिक अवस्था थप कमजोर बन्ने देखिन्छ ।

नेपालको आफ्नै कुनै टिपिकल नेपाली भूमिमै उत्पादन भएको वस्तु विदेश निर्यात भएर विदेशी मुद्रा आम्दानी गर्ने स्रोत नै छैन । ‘अहिले विदेशबाट कच्चा पदार्थ ल्याएर सामान उत्पादन गरेर हुने बिक्री, अर्को देशबाट ल्याएर फेरि विदेशमै बिक्री गर्ने गरेको पाम आयलले केही आम्दानी गरेको देखिए पनि यो कुनै भरपर्दो स्रोत होइन’, अर्थका अर्का एक अधिकारीले भने, ‘पर्यटन उद्योग पनि फस्टाएको छैन भने वैदेशिक रोजगारी पनि भरपर्दो हुनसकेको छैन । त्यसैले नेपालको अर्थतन्त्र आगामी दिनमा थप कमजोर बन्ने पक्का छ ।’

जुनसुकै देशले पनि वैदेशिक मुद्रा आम्दानीका लागि केही न केही वस्तु विदेश निर्यात गरेका हुन्छन् । तर, नेपालले कुनै पनि आफ्ना उत्पादन विदेश निर्यात गर्न नसकेको कारण अर्थतन्त्र थप कमजोर बन्दै गएको हो । तर, जतिसुकै कमजोर आर्थिक अवस्था भए पनि सञ्चित भएको वैदेशिक मुद्राबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधि, औद्योगिक कच्चा पदार्थ, मेसिनरी सामानहरु खरिद गर्नैपर्छ । आम्दानी कम र खर्च बढी भएको कारण यसलाई सुधार गर्न सरकारले अनावश्यक वस्तुहरुको आयामा निर्मम तरिकाले कदम चाल्नैपर्छ । ‘लेज, कुरकुरे, चकलेट, मदिरा, अन्य पेय पदार्थ नेपालमा आयात गर्न आवश्यक नै छैन’, अर्थ मन्त्रालय एक उपसचिवले भने, ‘हाम्रो दैनिक जीविकोपार्जन गर्नेबाहेक अन्य फजुल खर्च बढाउने खाद्य तथा गैरखाद्य वस्तु आयातमा प्रतिबन्ध नलगाएसम्म सही बाटो लिन सकिँदैन ।’

सामान्यतया नेपालले तीनवटा खर्च शीर्षकमा आफ्नो खर्चको रेकर्ड राख्ने गरेको छ । त्यसमा सबैभन्दा बढी चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापन खर्च हुन् । तलब, भत्ता, दैनिक प्रशासनिक खर्चलगायतका खर्च चालू खर्च शीर्षकमा खर्च हुन्छ भने पुँजी निर्माणका लागि हुने खर्च पुँजीगत खर्च शीर्षकमा खर्च हुन्छ । पुँजीगततर्फ विकास निर्माणमा हुने खर्च पनि समावेश हुन्छ । यद्यपि नेपालमा अहिलेसम्म विकास खर्चलाई भिन्नै देखाउने गरिएको छैन । पुँजीगत खर्चभित्रै विकास खर्च पनि समावेश गर्ने गरिएको छ । विकास खर्च भिन्नै देखाउने व्यवस्था गरियो भने चालू तथा पुँजीगत शीर्षकबाट कति विकास खर्च गर्न सकियो भन्ने स्पष्ट चित्र आउने थियो । संघ सरकारले प्रदेश र स्थानीय तहमा पठाएको बजेटलाई चालू खर्चमा राख्ने गरेको छ । तर, उक्त रकममध्ये कतिपय रकम प्रदेश र स्थानीय तहले पुँजीगत शीर्षकमा पनि खर्च गर्छन् । त्यही भएर महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गर्ने चालू खर्च वास्तविक खर्च होइन भने पुँजीगततर्फ हुने खर्च पनि सबै विकास खर्च होइन ।

सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को लागि चालूतर्फ कुल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त विनियोजित चालू खर्चमध्ये प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड र संघमा चालूतर्फ सात खर्ब ५३ अर्ब ४० करोड छुट्याएको छ । आर्थिक दैनिकबाट

सम्पादक

सम्पादक

Related Posts

khojnepal
अर्थ खबर

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
पहिलो पुरस्कार टेस्ला कार सहित बुकिङ्ग खुल्ला
अन्य

पहिलो पुरस्कार टेस्ला कार सहित बुकिङ्ग खुल्ला

December 28, 2022
मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र
अर्थ खबर

स्प्रेडदर कार्यान्वयनमा राष्ट्र बैंक लचिलो, दुई चरणमा घटाउन पाइने

December 15, 2022
Next Post
पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निर्णय, संयोजकमा ओली

पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निर्णय, संयोजकमा ओली

अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की

अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

Google tracks location data even when users turn service off

4 months ago

Presidential Train Now Available For Jakartans Traveling To Bandung

4 months ago
थापाथलीको सुकुम्वासी वस्तीमा जब महानगरको डोजर पुग्यो…

थापाथलीको सुकुम्वासी वस्तीमा जब महानगरको डोजर पुग्यो…

2 months ago
khojnepal

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

2 weeks ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.