KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home अर्थ खबर

चेक बाउन्स, यो चुनाव र अबको चिन्ता

सम्पादक by सम्पादक
November 30, 2022
in अर्थ खबर, समाचार
0
चेक बाउन्स, यो चुनाव र अबको चिन्ता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मुलुकका प्रमुख दलले जब मैमत्त भएर गति छाड्न थाले, त्यसको परिणाम जनताले मतबाट अभिव्यक्त गरेको प्रष्टै देखिएको छ । गठबन्धनको संस्कृतिले गर्दा विपक्ष नहुने अवस्था आएको छ भने यसले विपक्षबाट हुन सक्ने सबैखाले खतरा वा जोखिमलाई पनि सिध्याएको छ । नेपाली राजनीतिक दलका नेतृत्वको ब्रह्मज्ञानी हामी मात्रै हो, हामीलाई कसले हल्लाउन सक्छ ? हामीबाहेक अरु को छ ? हामीले जे गरे पनि हुन्छ भन्ने दम्भका विरुद्ध यो आवधिक निर्वाचनमा अभिमत प्रकट भएको अनुभव गरिएको छ ।

टालाटुली बटुलीवाला गठबन्धन भनेको दल सिध्याउने मेलो मात्र रहेछ एकछिनको न्यायो । आफ्नै गठबन्धन हुँदा सबै स्थानमा दलका उम्मेदवार हुने कुरा भएन । सबै ठाउँमा दलका उम्मेदवार नभएपछि पार्टी पंक्ति र कार्यकर्ता परिचालित हुने भएनन् । पार्टीको भोट पनि आउने भएन । यसले गर्दा निर्वाचनका लागि जुन उत्साह सञ्चार गर्न सकिने त्यो अवस्था सिर्जना हुन सकेन । त्यसैले मतदानमा निकै कम सहभागिता देखियो । यस पटक करिब ६१ प्रतिशत मतदाताको सहभागिताले मतदानप्रति वितृष्णा बढ्दै जाने खतरा देखिएको छ । किनभने जहाँ जुन दलको प्रत्यक्ष उम्मेदवार छन् तिनै दलका समर्थक र कार्यकर्ता मात्र परिचालित हुने भए । अन्य निष्क्रिय रहने र अराजकताले मौलाउने अवस्था सिर्जना भयो ।

पार्टीले टिकट वितरण गर्दा अपनाएको विधिका कारण पनि समस्या पैदा हुन थालेको छ । किनभने गठबन्धनमा सिट बाँडफाँट गर्दा केन्द्रीय नेताले मनपर्दी गरे । जिल्ला तहका नेता तथा कमिटीलाई सोध्ने कष्टसम्म गरेनन् । नेताहरूले आपूmखुशी निर्वाचन क्षेत्र छुट्याए । यसले गर्दा उम्मेदवारी पाउनेले पनि अन्य दलका नेतासँग सहकार्यको अवसर पाएनन् । परिचालन गर्ने अवसर त झनै मिलेन । उम्मेदवारी पाउनेले पनि गठबन्धन भएको अवस्थामा यसै चुनाव जितिहालिन्छ भन्ने मानसिकता पालेर बसेको देखियो । परिणाम चुनावका बेला अन्य दलका नेता तथा कार्यकर्ताले सहयोग गरेनन् भने कतिपय विद्रोही बने, कतिपयले विद्रोहीलाई खुलेआम सघाए । अर्कोतर्फ जहाँ रुखका उम्मेदवार छैनन् त्यहाँ हँसिया–हथौडा र कलममा मत हाल्नुभन्दा विद्रोही कांग्रेस, घण्टी र हलोमा दिनुपर्छ भन्ने मानसिकता कांग्रेसका केही नेता–कार्यकर्तामा देखियो ।

थ्रेट बिना काम गर्नै नसक्ने आदतबाट ग्रसित नेपाली दललाई यो चुनावले दह्रो दनक भने दिएको महसुस भएको छ । यसको फाइदा भने थ्रेट उब्जाउने दलका एकाध नेताले पाउन सक्ने सम्भावना पनि बढेर गएको छ । उनीहरूले बढी से बढी मन्त्री पदमा बार्गेनिङ गर्न सक्ने हैसियतमा आपूmलाई उकालेका छन् । किनभने थ्रेट गर्ने ल्याकत राखेपछि पार्टीको एजेण्डाभन्दा जुन गठबन्धन वा दलले मन्त्री पद दिन्छ त्यतै समर्थन गर्न सक्ने सम्भावना बढेर जाने पक्का छ । र, अहिलेको नतिजाले प्रष्ट रूपमा मिलिजुली गठबन्धनको सरकार बन्ने देखाएको छ । गठबन्धन सरकार बन्नुको अर्थ कमजोर सरकार हुनु हो अर्थात् सरकारका काम सही तवरले हुन सक्ने अवस्थाको अन्त्य पनि हो । भ्रष्टाचारी, कमिशनखोर र लुटाहाहरूले लुट्ने सम्भावना यस्तैमा बढिरहन्छ । गठबन्धनकै काँध चढेर मोटरसाइकलमा कुदेका कर छलीका सम्राट् विनोद चौधरीहरूले सरकारमा हालिमुहाली गर्न सक्ने अवस्था देखिएको छ ।

एजेण्डा र बलिदानको महत्व बुझ्ने मतदाताको रहलपहल रहुन्जेल दलहरूको केही बर्चश्व कायम होला, त्यसलाई भजाउन सकिएला । तर नबुझ्ने र नखेप्नेहरूको संख्या बढ्दै गएपछि भने दलहरूलाई निकै अप्ठ्यारो पर्नेछ । एजेण्डा र बलिदानको महत्व बुझ्नेहरू बाँकी रहुन्जेलसम्म त दलहरूको कुरा सुन्ने होलान्, बैंकमा नगद बचत रहेजस्तै त्यो चेक काट्दा साटिएजस्तै होला । तर यी कुरा नभोग्ने, नजान्नेहरू भएपछि चेक बाउन्स हुन कुनै आइतबार नलाग्ने रहेछ भन्ने यो निर्वाचनले संकेत गरेको छ । नेकपा (माओवादी केन्द्र)ले जनयुद्ध सुरुवात गर्दा जन्मेको बच्चा २८ वर्षे युवक भएको छ, गणतन्त्र घोषणा गरेको बेला जन्मिएको बच्चा मतदाता हुँदै छ । तर, हजुरबा पुस्ताले नाति पुस्ताको रुचि, रहर ् मनोविज्ञान बुझ्न सकेको पाइन्न । त्यसैले दल र तिनका नेताहरूले आफ्नो रवैयालाई परिवर्तन गर्नै पर्ने दबाब पनि यो निर्वाचनले दिएको छ । बेलैमा सबैलाई चेतना भया !जनआस्था साप्ताहिकबाट

सम्पादक

सम्पादक

Related Posts

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

January 25, 2023
khojnepal
अर्थ खबर

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!
राजनीति

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
Next Post
अमेरिकी डलरसँग कमजोर भारतीय रुपैयाँ

अमेरिकी डलरसँग कमजोर भारतीय रुपैयाँ

क्यानडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि

क्यानडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि

‘ब्ल्याकहोल’तर्फको यात्रामा युवा अगुवाइ !

‘ब्ल्याकहोल’तर्फको यात्रामा युवा अगुवाइ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर

2 months ago
सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

1 month ago
मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

2 months ago

Grab tackles Jakarta’s odd-even license plate policy with special algorithm

3 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.