KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home अन्य

चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !

सम्पादक by सम्पादक
November 30, 2022
in अन्य, समाचार
0
चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेसनिकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी)लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो ।

खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन् । उनीमाथि प्रहरीले ९ महिनाअघि नै पक्राउ पूर्जी जारी गरेको थियो । तर उनी हालसम्म पक्राउ परेका छैनन् ।

गत वर्ष माघ ९ मा चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गैंडाको मृत्यु भयो । घटनामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायो ।

चितवन राष्ट्रिय निकुञ्जले घटनाका दोषी ठहर गर्‍यो सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्कालाई । माघ १३ गते खडकाविरुद्ध निकुञ्जले पक्राउ पूर्जी समेत जारी गर्‍यो । तर उनी पक्राउ परेनन् । राजनीतिक पहुँचका कारण देखाउँदै उनलाई उन्मुक्ति दिइएको आरोप संरक्षणकर्मीहरूले लगाएका थिए ।

उनै ठेकेदारलाई ३ अर्ब ८ करोड रुपैयाँको ठेक्का दिएर लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेको हो ।

विवादमा ठेक्का

लुम्बिनी प्रदेश राजधानी गुरुयोजना निर्माणको ठेक्का सुरुवातदेखि नै विवादमा तानिएको थियो । गत असोज ६ गते १० वटा भवनहरू निर्माणका लागि प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले ठेक्का आह्वान गरेको थियो । यो ठेक्का शर्मा(सगुन जेभीले पाएको हो ।

सुरुवातमा आयोजनाले पूर्वतयारीको काम नै सम्पन्न नभई ठेक्का आह्वान गरेको थियो । जसकारण अघिल्लोपटकको प्रक्रिया नै रद्द भएको थियो । आयोजनाले वातावरणीय प्रभाव मूल्यांक (इआइए)नै नगरी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाएको थियो । जसकारण उच्च अदालतमा मुद्दा समेत परेको थियो । अदालतले ठेक्का प्रक्रिया नै रद्द गरेर इआइएको काम अघि बढाउन आदेश दिएको थियो । तर प्रदेश मन्त्रिपरिषद्‌को बैठकले इआइए र ठेक्का प्रक्रिया एकैसाथ अघि बढाउने निर्णय गरेको थियो ।

यो आयोजना निर्माणका लागि पहिलो चरणमा बन्ने १० वटा भवनको निर्माण लागत लगभग ४ अर्ब २१ करोड रुपैयाँ अनुमान गरिएको थियो। हालसम्म प्रदेश सरकारले नै बजेट विनियोजन गरेको छ। तर यो परियोजना नेपाल सरकारको १८ बिघा जग्गामा निर्माण हुन लागेको हो।

निर्माण कार्यको जिम्मा पाउने निर्माण कम्पनीले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ। पुसभित्र ठेक्का सम्झौता गरी माघदेखि निर्माणको काम सुरु गर्ने तयारीमा आयोजना छ ।

लुम्बिनी प्रदेश राजधानी, प्रशासनिक भवन र पूर्वाधार निर्माण पहिलो चरण अनुसार आरसीसी फ्रेम संरचित मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय भवन, विद्युतीकरण, सरसफाइसहित विभिन्न मन्त्रालयका प्रशासनिक भवनहरू, आन्तरिक सडक निर्माण र ल्यान्डस्केपिङ कार्यहरू छन् ।

चार तलाको ९ वटा मन्त्रालय र ५ तलाको एउटा मुख्यमन्त्रीको भवन गरी पहिलो चरणमा १० वटा भवन निर्माण हुनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ राप्ती गाउँपालिका-२ मा निर्माण हुनेछ।

मुख्यमन्त्री र ठेकेदार कनेक्सन

प्रदेश राजधानी निर्माणको पहिलो चरणको ठेक्का पाउने शर्मा सगुन जेभीमध्ये शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मासँग मुख्यमन्त्री कुलप्रसाद केसीको कनेक्सन नयाँ भने होइन ।

गत वर्ष फागुन ८ मा लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणले पाँच अर्ब लागतको लुम्बिनी प्रादेशिक अस्पताललाई नयाँ भवन निर्माणको ठेक्का आह्वान गरेको थियो । यो ठेक्कामा तत्कालीन कांग्रेस सांसद मोहन आचार्य र ठेकेदार रमेश शर्माका कम्पनीले मात्रै पूरा गर्न सक्ने मापदण्ड राखिएको भन्दै निर्माण व्यवसायी महासंघले विरोध जनाएको थियो । नेपाली निर्माण व्यवसायीले मात्र संयुक्त ठेक्का लिए भने १० वर्षमा ६ हजार वर्गमिटर क्षेत्रफलमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सरकारी अस्पताल बनाएको अनुभव हुनुपर्ने व्यवस्था पनि मापदण्डमा राखिएको थियो। जुन आचार्य र शर्मालाई मात्रै अनुकुल हुने गरि बनाइएको थियो । खरिद अनुगमन कार्यालयले यो मापदण्ड प्रतिकूल हुने ठहर गरेको थियो ।

लुम्बिनी प्रदेश सभा संसदीय दलले यो प्रकरणलाई लिएर मुख्यमन्त्रीको राजीनामा नै माग गरेको थियो । यो प्रक्रियामा त्रुटी औल्याइएपछि दबाब थेग्न नसकेर प्राधिकरण प्रमुख अनन्तराज घिमिरेले राजीनामा नै बुझाएका थिए ।

त्यसो लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (वर्तमान मुख्यमन्त्री)ले नै प्रदेशको राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पेस गरेका थिए । उनी मुख्यमन्त्री भएपछि प्रदेश राजधानी निर्माणमा हतारिँदै आएका छन् । उनले प्रदेश राजधानी निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेर सहयोगको अपिल गरेका थिए । उनले यसका लागि ३ अर्को बजेट नै मागेका थिए । संघीय सरकारले १ अर्ब बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो । अर्बौं लागतको यो ठेक्का केसी आफ्नै कार्यकालमा रमेश शर्मालाई दिलाउन सफल भएका छन् ।(घटना र विचार साप्ताहीकबाट)

सम्पादक

सम्पादक

Related Posts

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!
राजनीति

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान
राजनीति

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
Next Post
‘मिस अर्थ २०२२’ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइको पोल्टामा

‘मिस अर्थ २०२२’ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइको पोल्टामा

किन मानिसहरु दुध चिया खान डराउँछन् ?

किन मानिसहरु दुध चिया खान डराउँछन् ?

गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

गोल्डन एरा समाप्त भएको बेलायती प्रधानमन्त्रीको अभिव्यक्ति पछि बेलायत चीन सम्बन्ध चौबाटोमा पुगेको विज्ञहरूको बुझाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

4 months ago
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

2 months ago
विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

2 months ago
सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

1 week ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.