KHOJ NEPAL
Advertisement
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
  • होमपेज
    • होमपेज -1
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • विचार
  • प्रवास
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
No Result
View All Result
khojnepal.com
No Result
View All Result
Home विचार

कोप २७ बैठक : प्रमुख पाँच देश जिम्मेवार हुनैपर्छ !

सम्पादक by सम्पादक
November 30, 2022
in विचार
0
कोप २७ बैठक : प्रमुख पाँच देश जिम्मेवार हुनैपर्छ !
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यही ६ नोभेम्बर (२०२२) देखि इजिप्टको ‘शार्म–एल शेख’ सहरमा ‘युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ (यूएन एफसीसीसी) अन्तर्गत रहेर कोप–२७ को बैठक बसी रहेको छ । हुन पनि जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्दै गएको छ भने, धरतीको अस्तित्व पनि रहने, नरहने भन्ने गम्भीर सवाल पैदा भएको छ । यस्तो बेला विश्वभरिका एक सय ९८ देशका सरकार प्रमुख र राष्ट्र प्रमुख तथा सरकारी एवं गैरसरकारी प्रतिनिधिहरूले इजिप्टको शार्म एल शेखमा भाग लिँदैछन् । सो बैठकले यो शताब्दीमा हामी बसिरहेको धरतीलाई सकेसम्म शून्य कार्बन उत्सर्जनतर्फ डोहो-याउन सरोकारवाला सबै पक्षलाई मनाउने र विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा तल झार्ने लक्ष्य निर्धारण गर्ने अपेक्षा राखिएको छ ।

हुन पनि गत २९ कात्तिकमा अन्नपूर्ण दैनिकले छापेको समाचारमा जनाइएअनुसार विश्वमा हाल सबैभन्दा धेरै वार्षिकरूपमा कार्बन उत्सर्जन (उत्पादन) गर्ने प्रमुख पाँच राष्ट्रहरू चीन, अमेरिका युरोपिययन युनियन, भारत र रुस रहेका छन् । जस्तो कि, चीनले वार्षिक ११ हजार पाँच सय ३५ मेगाटन कार्बन उत्पादन गर्छ भने, अमेरिकाले वार्षिक पाँच हजार एक सय सात मेगाटन कार्बन उत्सर्जन गर्नेगर्छ । उता युरोपियन युनियन सम्बद्ध देशहरूले चाहिँ (धेरैवटा देश समेटिएको भए पनि) वार्षिक तीन हजार तीन सय चार मेगाटन मात्रै कार्बन उत्सर्जन गर्नेगर्छ ।

तथ्यांकअनुसार नेपालको तीनतिर सीमा जोडिएको छिमेकी देश भारतले वार्षिक दुई हजार पाँच सय ९७ मेगाटन कार्बन उत्सर्जन गर्नेगरेको तथ्यांक रहेको छ । त्यस्तै रुस विश्वको कार्बन उत्सर्जन गर्ने पाँचौँ देश हो । रुसले वार्षिक एक हजार सात सय ९२ मेगाटन कार्बन उत्सर्जन गर्नेगर्छ । त्यसपछि धेरै कार्बन उत्सर्जन गर्ने अरु देशहरू रहेका छन्, जापान छैटौँ, इरान सातौँ, जर्मनी आठौँं, दक्षिण कोरिया नवौँ, साउदी अरब १०औँ, इन्डोनेसिया ११औँ स्थानमा रहेका छन् । साथै मलेसिया, भियतनाम, क्यानाडा, तुर्किए (टर्की), दक्षिण अफ्रिका, ब्राजिल, मेक्सिको, अष्ट्रेलिया, अर्जेन्टिना, इजिप्ट, नाइजेरिया, इराक, कजाखस्तान, पाकिस्तान आदि ।

हुन पनि हामी (मानिस) बसेको धरतीलाई अलिकति पनि माया नगरी जताभाबी गरिरहेको हुनाले नै धरतीमा अनावश्यकरूपमा छिटोछिटो तापमान वृद्धि भइरहेको भन्ने विज्ञहरूको भनाइ रहेको छ । जसका कारण हामी बसेको धरती आवश्यकताभन्दा बढी तातिरहेको छ । फलस्वरूपः हिमनदी पग्लने, हिमाल पग्लने, हिमालमा हिउँ सुकेर कालो हुने, हिमालमा खोला बन्ने, हिम ताल फुट्ने क्रम बढिरहेको छ । जसका कारण विश्वभरि नै बेमौसममा अकस्मात् बाढी–पहिरो आउने, अत्यधिक चिसो बढ्ने, हिम पहिरो आउने भइरहेको छ ।

यसरी गत साउनमा सप्तकोसी नदीमा आएको बाढीलाई पनि एक उदाहरणका रूपमा लिन सकिन्छ । सो बाढीका कारण कोसी टप्पु क्षेत्रमा बसोबास गरिरहेका २० हजार मानिसहरू प्रभावित भएका थिए । सो बाढी दिउँसो आएको हुनाले बाढीप्रभावितहरू तुरुन्तै सुरक्षित क्षेत्रमा सरेका थिए । तर, सो क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षणले आफ्नो बनाउने वा भनौँ हडप्ने भन्ने हल्ला सुनेपछि ती बाढीपीडित र प्रभावितहरू तुरुन्तै फेरि साविक ठाउँमै आएर बस्न थालेको भन्ने समाचार आएको थियो । यसले मान्छेहरू आफ्नो ज्यानभन्दा पनि आफ्नो अचल सम्पत्ति घर, जग्गा र जमीनकै लोभमा पर्ने रहेछन् ! आफ्नो अचल सम्पत्ति घर, जग्गा र जमिनकै लोभमा मर्ने रहेछन् भन्ने देखाएको थियो । धेरैचाहिँ उदयपुरको बेलका नगरपालिकाका जनता प्रभावित भएका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्लोपटक लगातार असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामयिक रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी–बेहरी आउने, हिउँ पग्लने, हावा–हुन्डरी चल्ने, समुद्रमा पानीको सतह बढ्ने क्रम बढ्नुको मुख्य कारणमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारणले नै हो भन्नेमा दुईमत छैन । त्यसो त लगभग तीन महिनाअघि युरोपका विभिन्न देशहरू जस्तैः स्पेन, बेलायत, फ्रान्स, इटली आदि देशमा अत्यधिक गर्मी भएको कारण धेरै मानिसहरूले अकालमै ज्यान गुमाएका थिए । हो, यसरी असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामयिकमा रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिउँ पग्लने, हावाहुन्डरी चल्ने, समुद्रमा पानीको सतह बढ्ने क्रम भनेको जलवायु परिवर्तनका कारण धरती तात्दै गएकाले गर्दा हो, यसमा कसैको बिमति रहने गरेको छैन । तर, जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम कसरी घटाउने, कसले घटाउने ? यस सम्बन्धमा विश्वका औद्योगिक, धनी र प्रभावशाली राष्ट्रबीच मतैक्य हुन सकेको छैन ।

अर्कोतिर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गतवर्ष प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा वर्षेनी ७० लाख मानिसहरूले अल्पायुमै जीवन गुमाइरहेका छन् । वायु प्रदूषणका प्रमुख कारणहरूमा औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना भए पनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मानिन्छ ।

विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै ५० प्रदूषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो र छ । सो समयमा डा. माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचकांक (एक्यूआई) काठमाडौंको रत्नपार्कमा तीन सय ७१, ललितपुरको भैँसेपाटीमा तीन सय २९, भक्तपुरमा दुर्ई सय १६ र चितवनको सौराहामा दुई सय १० अंक रहेको थियो, गतवर्ष । जब कि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्यूआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि एक सयसम्म सामान्य हो भने, दुई सय एकभन्दा माथि अस्वस्थकर हो । साथै तीन सय एकभन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँ–जहाँ वायुको गुणस्तर सूचांक (एक्यूआई) मापन गरिएको थियो, ती सबै ठाउँमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

गएको केही वर्षदेखि विश्वका धेरै देशहरू जस्तैः चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडाका साथै कतिपय युरोपियन देशहरूमा कयौँ हप्तासम्म अनियन्त्रित ढंगले जंगलमा लगाताररूपमा आगलागी र डढेलो लागेको थियो । यो वर्ष युरोपका धेरै देशमा अप्रत्यासितरूपमा बढेको गर्मी र वायु प्रदूषणका कारण लगभग १५ हजार मानिसहरू मरेको रिपोर्ट आएको थियो । यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदूषण पनि बढ्दो क्रम रहेको देखिन्छ । त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद्लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदूषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् । त्यसो भए पनि हाल बढी उत्पादन (उत्सर्जन) भइरहेको कार्बनका कारण जलवायु परिवर्तनमा पनि ठूलो असर परिरहेको छ । जसका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने क्रम र यसले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने ? भन्ने विषयमा ‘कोप–२७’ को भेलामा पनि ठोसरूपमा विश्वका धनी, ठूला र शक्तिशाली देशहरूबीच खासै मतैक्य हुन सकेन भन्ने समाचार आएको छ । वास्तवमा सो समाचारले हामी सबैलाई दुःखी बनाएको छ । त्यसो त हाल विश्वमे धेरै कार्बन उत्सर्जन गर्ने पाँच देशमध्ये चीन, रुस र भारत नै ‘कोप–२७’ को भेलामा उपस्थित भएनन् यसले केको संकेत गर्छ, भनिरहनु पर्दैन । (आर्थिक दैनिकबाट)

Source: निनाम लोवात्ती
Via: निनाम लोवात्ती
सम्पादक

सम्पादक

Related Posts

‘ब्ल्याकहोल’तर्फको यात्रामा युवा अगुवाइ !
विचार

‘ब्ल्याकहोल’तर्फको यात्रामा युवा अगुवाइ !

November 30, 2022
अर्थ खबर

The Chinese smartphone upstarts taking on Apple and Samsung

October 19, 2022
अर्थ खबर

Presidential Train Now Available For Jakartans Traveling To Bandung

October 18, 2022
Next Post
को राष्ट्रपति ?

को राष्ट्रपति ?

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !

चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Recommended

कुन समूहबाट दोस्रो चरणमा कुन कुन देश पुग्दैछन् ?

कुन समूहबाट दोस्रो चरणमा कुन कुन देश पुग्दैछन् ?

2 months ago
कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

2 months ago

The Chinese smartphone upstarts taking on Apple and Samsung

3 months ago
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

2 months ago

Instagram

    Please install/update and activate JNews Instagram plugin.

Categories

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य

Topics

2018 FIFA World Cup 2018 League Asian Games 2018 Balinese Culture Bali United Budget Travel Chopper Bike Istana Negara Market Stories National Exam Visit Bali कर्पोरेट खेलकुद मनोरञ्जन महानगर सुप्रिम मल्ल ठकुरी हिमालयन बैंक
No Result
View All Result

Highlights

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

बज्रवाराहीदेवीको धेरै वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै

बज्रवाराहीको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि श्रीमदभागवत लगाइँदै

सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा रहेको “सानै छ उमेर” बोलको गीत सार्वजनिक

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

Trending

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई
राजनीति

सर्वोच्च अदालत द्वारा गृहमन्त्रीको नागरिकता सुनुवाई

by सम्पादक
January 25, 2023
0

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट सुनुवाई शुरु हुँदैछ । पुस २२ गते संवैधानिक...

khojnepal

हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

January 25, 2023
आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

आत्माहत्या गर्न प्रयास अघि प्रेम प्रसाद आचार्यले समाजिक सञ्जालमाले लेखेको स्टाटस!!

January 24, 2023
बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

बागमती सभ्यता संरक्षण, अनाधिकृत जग्गा अतिक्रमण हताउन हस्ताक्षर अभियान

January 22, 2023
नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

नयाँ मन्त्रीमण्डल गठन, नवनियुक्त मन्त्रीहरु को को हुन ?

January 17, 2023
Facebook Youtube Instagram
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो Khoj Nepal। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Home 1
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
    Please install/update and activate JNews Instagram plugin.

Category

  • अन्य
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
  • प्रवास
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाचार
  • स्वास्थ्य
+977 9823704493
jauwakhel, Lalitpuer
khojnepalmedia@gmail.com

© 2022 khojnepal - All rights reserved theme by khojnepal.

No Result
View All Result
  • Home
  • राजनीति
  • समाचार
  • अर्थ खबर
  • प्रवास
  • अन्य
  • खेलकुद
  • स्वास्थ्य
  • विचार

© 2022 khojnepal - All rights reserved theme by khojnepal.