
काठमाडौंको आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको छ ।
झडपमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा आरआर अनेरास्ववियूका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का लगायतका नेताहरु रहेका छन् । घाइतेलाई काठमाडौं मोडल अस्पतालमा राखिएको छ । अनेरास्ववियूका नेताहरुबीच गुटको विषयमा कुरा नमिल्दा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको थियो ।